Logo बैशाख ५, २०७८ आइतबार


एसईई प्रश्नपत्र आउट गर्न खोज्ने ४ जना निष्कासित

प्रमोदकुमार साह
जनकपुरधाम । परीक्षा केन्द्रमा मोबाइल बोक्दा दुई परीक्षार्थी निष्कासित भएका छन् । एसईई परीक्षा रद्द पछिको पहिलो दिनमै मोबाइल बोक्ने दुई परीक्षार्थी निष्कासित भएका हुन् ।

धनुषाको बरकुर्वा परीक्षा केन्द्रबाट परीक्षार्थी मोबाइलसहित नियन्त्रणमा लिएको जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजकले जानकारी दिनुभयो । यद्यपि नियन्त्रणमा लिइएका दुई विद्यार्थीको नाम भने सार्वजनिक गरिएको छैन् ।

परीक्षा हलभित्र मोबाइल लैजान पूर्णत निषेध गरिएपनि परीक्षार्थीले मोबाइल प्रयोगबाट प्रश्नपत्र आउट गर्न खोजको जिशिअ रजकले बताउनुभयो । मोबाइल बोकेको दुई परीक्षार्थी केन्द्राध्यक्षको जिम्मा लगाइएको छ ।

त्यसैगरी अमर्यादित क्रियाकलापमा संलग्न थप दुईजनालाई पनि केन्द्रबाट निष्कासित गरिएको छ । परीक्षा केन्द्रमा मोबाइल निषेध गरिएपनि मोबाईल लिएर आएका एक जना गार्डलाई पनि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।