कृषि प्रदर्शनीमा ६० लाखको कारोबार

नारायण थापा
भक्तपुर । भक्तपुरमा तीन दिनसम्म सञ्चालन भएको कृषि मेला प्रदर्शनीमा ६० लाखको कारोवार भएको छ । ६२ औं राष्ट्रिय सहकारी दिवशका अवसरमा २० गतेबाट शुरु भएको कृषि मेला ५० हजारले अवलोकन गरेको आयोजकले जनाएका छन् ।
चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको समन्वयमा जिल्ला कृषि सहकारी संघ भक्तपुरले आयोजना गरेको प्रदर्शनीमा कृषकहरुद्वारा उत्पादित च्याउ, आलु, फुल, कृषि औजार, कृषि प्रविधि, कृषि ऋण र विमालगायत भक्तपुरका नेवारी परम्परागत खानेकुराका परिकारसहित ५० भन्दा बढी स्टलहरु राखिएको थियो ।
कृषि उपजको प्रचार–प्रसार र उत्कृष्ट कृषि उपज उत्पादन गर्दै आएका कृषकलाई प्रोत्साहित गर्न कृषि प्रदर्शनीको आयोजना गरिएकोे संघका अध्यक्ष सनिश लागेजुले बताउनुभयो ।