‘सिके राउत र सरकार’बीच सम्झौता भयो । सिकेले पृथकतावादी मुद्दा छाडेर मूलधारको राजनीतिमा आएको सरकारको दाबी अप्रत्यासित र पत्याउन कठिन थियो । सिके र सरकारबीच भएको सम्झौतामा उल्लेखित बहुअर्थी शब्द र वाक्यले झनै संशय जन्मायो । सम्झौताको एउटा पक्ष ‘सिके राउत’ अझै मौन छन् । तर प्रधानमन्त्री केपी ओली स्वयम् कविताको अर्थालङ्कार वर्णण गरे जस्तो सम्झौतामा उल्लेखित ‘जनअभिमत’ को अर्थ व्याख्या गर्दै हिड्नु परेको छ । सिके राउतको अबको राजनीतिक अभिष्ट र रणनीति के हो ? स्वयम् सिके राउत मौनब्रतमा छन् तर सरकारले प्रष्टिकरण दिइरहनु परेको छ ।
सिकेको हृदयमा अगाध राष्ट्रप्रेम पलाएर विभाजनको मुद्दा त्यागेको भन्दा हास्यरस निष्पत्तिको कारण हुनेछ । हिन्दी सिनेमाको एउटा गीत छ ‘जिस अफसानेको किसी अन्जाम तक लाना हो नामुमकिन, उसे किसी हसिँन मोड पे छोड देना अच्छा’ गीतमा भनिएझैँ सिके राउतलाई नेपाल टुक्र्याउन सम्भव छैन भन्ने बोध भइसकेको छैन । कारावासको कठोर सास्ती सहन नसकी उनी लत्रिएका पनि होइनन् । प्रकृति होस् वा राजनीति, बिना कारण कुनै घटना हुँदैन । हरेक परिणाम आउनुको पछाडि कुनै कारण हुन्छ । हरेक कृत्यको परिणाम के आउँछ ? भन्ने पनि जिज्ञासा हुन्छ । कारण र परिणाम जान्ने कौतुहलता र जिज्ञासा जनमनमा मडारिनु स्वभाविक हो । अहिले नेपाली समाज सिकेको ‘यु टर्न’ को परिणाम होइन त्यसको पछाडिको कारण खोतल्न जिज्ञाशु छन् ।
कुनै पनि देशको राजनीति उसको भूगोलको सीमाभित्रमात्र सीमति छ भन्न मिल्दैन । सीमापारी अन्तराष्ट्रिय राजनीति, कूटनतिक सम्बन्धको उतार चढावले पनि समीकरण फेरिन्छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको अमेरिका यात्रा पश्चात् सिके राउतसँग सम्झौतको खिचडी राजनीतिक चुल्होमाथि बसाइएको अनुमान गरिँदैछ । तिब्बत मामिलामा अमेरिकी र युरोपियन स्वार्थको पक्ष पोषण गर्ने वा चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने चट्टानी अडानबाट नरम हुने शर्तमा सिके राउत नामक ‘दाल’लाई गलाउन मद्दत मिलेको अडकलबाजी गरिँदैछ । बिनाकारण युरोपियन युनियन र अमेरिकाको नेपाल लक्षित सोसल इन्जिनियरिङ मोडेलमा परिवर्तन आउने पत्याउन गाह्रै छ । सिकेको ‘यु टर्न’लाई मुख्यमन्त्री लालबाबु राउतले ‘सम सम समन’ को ओली नीति भनेर खुट्याएका छन् । मुख्यमन्त्री राउतले त्यसप्रति कटाक्ष गर्दै होमियोेप्याथिक चिकित्सा सूत्र अनुसार मधेसमा ओलीले दर्रो प्रतिस्पर्धी पठाइदिएको अथ्र्याए
सिकेको ‘यु टर्न’लाई मुख्यमन्त्री लालबाबु राउतले ‘सम सम समन’ को ओली नीति भनेर खुट्याएका छन् । मुख्यमन्त्री राउतले त्यसप्रति कटाक्ष गर्दै होमियोेप्याथिक चिकित्सा सूत्र अनुसार मधेसमा ओलीले दर्रो प्रतिस्पर्धी पठाइदिएको अथ्र्याए
बिभाजनकारी लक्ष्यभेदनको लागि सिकेले भारतीय अहिंसाको दर्शनलाई हतियार बनाएका थिए । खुला सीमाना, रोटीबेटीको सम्बन्ध, एउटै साँस्कृतिक विरासत, भारतीय विस्तारवादी नीति, नेपाललाई भूराजनीतिक परिवेशको माग अनुसार प्रभावमा राख्ने र जातीय मूलका आधारमा नेपथ्यबाट भारतीय साथ सहयोग मिल्ने आशा थियो । तर संविधान घोषणा ताका भारत र मोदी सरकारले लिएको कठोर नीति पग्लेर तरल बन्यो । भारत र अमेरिकासँगको सम्बन्धमा समेत चिसोपन आयो । भारत र अमेरिकाबीच सहयोग आदानप्रदान मितेरी नाताको पारपाचुके भएपछि भारत ओइलायो । बिभाजनको साँध सीमाना लगाउन जनमत संग्रहको मुद्दामा भारतीय समर्थन बिना पार नलाग्ने सिकेलाई राम्रो हेक्का थियो । तर नेपालमा जनमत संग्रहको मुद्दालाई समर्थन गर्दा कश्मिरमा जवाहरलाल नेहरुले कवुल गरेको जनमत संग्रहको मुद्दाले मलजल पाउने भयो । नजिर आफैँविरुद्ध आइलाग्ने भयो । भारतले भरथेग नगर्ने भएपछि सिके लत्रिएका हुन् भन्ने पनि अडकलबाजी छ । तथ्य र वास्तविकता कुटनीतिक कन्तुरमा थुनिएका छन् । सरकारले सार्वजनिक नगर्दासम्म वा घटनाक्रमले स्वभाविक रुपमा सत्यमाथिको पर्दा नउघार्दासम्म छर्लङ हुन कठिन छ ।
सिकेको बिभाजनकारी कुत्सित आकांक्षा नामेट भएको छैन । सामाजिक सञ्जालमा सिकेका कार्यकर्ताहरुले ‘बाटो बदलिएको लक्ष्य उही कायम छ’ भनेर लेख्दैछन् । सिकेले मेरो नेपाल आमा नभनेसम्म कलुषित आत्मामा राष्ट्रप्रति श्रद्धाको फूल फुलेको मान्न सकिन्न । सत्ताधारी पार्टीको सत्ताबाहिरका नेता भीम रावलको पनि भनाई त्यही छ । सलेतो सानो पारेर शिखा मधुरो पारिएको हुनसक्छ । सिकेको बत्ती निभेको होइन । सरकारसँगको सम्झौतापछि सिकेको मौनता र संगठनमा आत्मसमर्पण विरुद्ध बिद्रोह नहुनुले आवरणभित्र छद्म यथार्थ लुकेको प्रतीत हुन्छ ।
राज्य किस्ताबन्दीमा चरित्रच्युत र सैद्धान्तिक स्खलन गराउने आत्मतुष्टिमा छ । तर आम नागरिकले सरकार लघु उपलब्धिमा जरुरतभन्दा ज्यादा रमाएको वा सम्झौतामा भएको गल्तीलाई ढाकछोप गर्ने प्रयत्नको रुपमा अथ्र्याउँदै छन् । यदि सिकेले पृथकतावादी मुद्दा त्यागेकै हुन् र सरकारले फेस सेभिङ र सुस्तगतिमा सुरक्षित अवतरणको मौका उपलब्ध गराएको हो भने नेपाल र नेपालीको लागि सुखद नै ठहरिने छ । तर स्पष्ट छ सिके राउत फगत एक ‘तीर’ थिए । कमानधारी धनुर्धरले प्रक्षेपण गरे अनुसारको स्थान र बिभाजनकारी उर्जा उत्पन्न हुने गरी बजारिएका थिए । सिके कसको धनुमा सन्धान गरिएका तीर हुन्, खुल्न बाँकी छ ।
सिके राउत विभाजनकारी नीतिको मैमत्त यात्रामा हुँदा मधेसवादी दलले तराईंबासी समुदायलाई स्वाधिनताको मार्गमा आउन नदिएको राणनीतिक विश्लेषण गर्थे । बिभाजनको होस्टेमा हैँसे नगरेको भन्थे । मधेसवादी दलको राजनीतिलाई भुलभुलैयाको संज्ञा दिन्थे । तर ‘वारपार’को स्थिति आउञ्जेल पृथक स्वाधिनताका लागि ध्रुबीकृत हुने उनको आशा थियो । मधेसवादी दलको लागि भने सिके राउत राज्य तर्साउने हाउँगुजी थिए । मधेसको मुद्दा सम्बोधन गर नत्र जनमत विभाजनकारी सिके राउतको पोल्टोमा पर्ला भनिन्थ्यो ।
संसदीय चुनावमा सिकेले ‘कोठली बाहर’ नारा दिएर मत बदर गर्न आह्वान गरे । त्यसबेला सिकेको मधेसमा आकर्षण निकै बढेको थियो । तथ्याङ्ग छैन तर मत गणनामा बसेकाहरु भन्छन् कम्तीमा १० प्रतिशत मत ‘कोठली बाहर’का कारण बदर निस्कन्थ्यो । मधेसवादी दलले ‘कोठली बाहर’ होइन– ‘मधेसी दलमा मत देउ’ भन्न सिकेलाई अनुरोध गरे । तर उनले मानेनन् । जसले गर्दा मधेसवादी दललाई घाटा भयो । ‘कोठली बाहर’ परेको मत माथि मधेसी दलको हक थियो ।
सिकेले चोला फेरेका हुन वा भोटो ? स्पष्ट छैन । तर उनको सवाल र राणनीति फेरिएको छ, शत्रु र मित्रु पनि फेरिएको छ । हिजो राज्य व्यवस्था उनको मुख्य शत्रु थियो तर आज मधेसवादी दल प्रहारको मुख्य निशानामा छन्
सिकेको ‘यु टर्न’लाई मुख्यमन्त्री लालबाबु राउतले ‘सम सम समन’ को ओली नीति भनेर खुट्याएका छन् । मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी ओलीमाथि कटाक्ष गर्दै होमियोेप्याथिक चिकित्सा सूत्र अनुसार मधेसमा दर्रो प्रतिस्पर्धी पठाइदिएको रुपमा अथ्र्याए । सिके राउतको मूलधारीकरणले प्रदेश २ को राजनीतिक समीकरणमा पक्कै असर पर्नेछ । मधेसवादी दल आगतमा कडा प्रतिस्पर्धी आइलागेको महशुस गर्दैछन् । सिकेले चोला फेरेका हुन वा भोटो ? स्थिति स्पष्ट छैन । तर उनको सवाल र राणनीति फेरिएको छ । त्यसकारण शत्रु र मित्रु पनि फेरिएको छ । हिजो नेपाली राज्य व्यवस्था मुख्य शत्रु थियो । आज मधेसवादी दल प्रहारको मुख्य निशानामा छ ।
मधेसको जमिनमा राजनीतिको मेरुदण्ड अहिले पनि ‘जात’ हो । प्रदेश २ यादवबहुल क्षेत्र हो । ८ जिल्लामा हेर्ने हो भने जिल्ला पञ्चायतदेखि जिल्ला बिकास समितिको अस्तित्व रहुञ्जेल यादवबाहेकका अन्य जाति सभापति हुन सकेनन् । संसदीय निर्वाचनको बेला पतनबाट बच्न आवश्यकताको सिद्धान्त अनुसार एकता गर्ने विवशता आइलागेकोमा बाहेक मधेसवादी दलको बनोट अझै जातीय छ । यद्यपि ठूला राजनीतिक दलमा पनि ब्रह्मण÷क्षत्री वचस्र्व कलंक छँदैछ । मधेसमा बसोवास गर्ने ४ प्रतिशत मुस्लिम भोट बैंक र सांगठनिक वरियतामा श्रेष्ठताको कागतालीले लालबाबु राउतलाई मुख्यमन्त्री जुर्यो । । सिके राउत अति अल्पसंख्यक जातीय समूहका हुन् । निर्वाचन प्रकृयामा मधेसमा विद्यमान जातीय अहंकारको विरासत छिचोल्न मुस्किल नै छ । मधेसवादी र सिके राउत ‘सम सम– समन’ हुँदा नेकपाको मधेसमा दिन फिर्ने आशा गरिँदैछ ।