टुँडीखेलमा घोडेजात्रा (फोटो फिचर)

खेम बम/क्यामेराःप्रदिपमान सिंह

काठमाडौं । विभिन्न कार्यक्रम गरि शुक्रबार काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाईएको छ । घोडेजात्राको अवसरमा आयोजित विशेष समारोहमा नेपाली सेनाका घोडसवारहरुले अश्वकला, युद्धकलालगायतका विभिन्न कला कशौल प्रस्तुत गरेका थिए ।

घोडेजात्राका अवसरमा नेपाली सेनाले काठमाडौंको सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम ग¥यो । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोख्रेल लगायतका विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

त्यसैगरी मन्त्रीगणहरु, नेपाली सेनाका प्रमुख प्रधान सेनापति पूर्णचन्द्र थापा, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु, उच्चपदस्थ कर्मचारी, निजामति सेवाका कर्मचारी लगायतको उपस्थिति थियो । घोडेजात्राको अवसरमा आयोजित विशेष समारोहमा नेपाली सेनाका घोडसवारहरुले अश्वकला, युद्धकला, लगायतका विभिन्न कला कशौल प्रस्तुत गरेका थिए ।

राष्ट्रपति भण्डारीले विभिन्न प्रतियोगितामा उत्कृष्ठ घोडसवारहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो । गुरुमापा नामको राक्षसले केटाकेटी खाएर आतंकित पारेपछि शहरवासीले राक्षसको संहार गरेको तर राक्षसको आत्मा टुंडिखेलको पूर्व दक्षिणमा रहेको रुखको फेदमा जीवितै रहेको विश्वास गरेका कारण गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउन घोडेजात्रा पर्व मनाउन थालिएको जनविश्वास छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी चयन हुनुभएको छ ।

राजविराजमा कोठा तोडफोड गर्ने युवाको रिहाइ गर्न प्रदर्शन भएकाे छ ।

राजविराजमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन् ।