Logo बैशाख २, २०७८ बिहीबार


सनराइज बैंकको क्यालेन्डर विमोचन

काठमाडौं । सनराइज बैंक लिमिटेडको नयाँ वर्ष २०७६ सालको क्यालेन्डर विमोचन भएको छ । एक औपचारिक समारोहकाबीच बैंकको केन्द्रीय कार्यालय, गैरिधारामा क्यालेन्डर विमोचन गरियो । बैंकले अन्नपूर्ण पोष्ट दैनिकको अंकुर र नागरिक दैनिकको जुनकीरी पृष्ठमा १ वर्ष भित्र प्रकाशित विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकाहरुका चित्रहरूलाई आफ्नो क्यालेन्डरमा समावेश गर्दै आएको छ ।

स–साना बालबालिकाहरुले आफ्ना मानसपटलमा रहेका सोच, जिज्ञासा तथा रचनाहरुलाई चित्रकारीताको माध्यमबाट अभिव्यक्त गरेकोमा बालबालिकाकोे प्रतिभालाई अझै प्रस्फुटन र प्रोत्साहन गर्ने उद्देश्यले बैंकले उक्त चित्रहरूलाई समावेश गरेको हो ।
उक्त विमोचन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु बच्छराज तातेड, शारदा शर्मा पुडासैनी, दीपक नेपाल, ओम कृष्ण जोशी तथा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप नगद तथा खाद्य सामाग्रीहरु प्रदान गर्नुभयो ।

सो अवसरमा बालबालिका तथा निजका अविभावकहरूले बैंकको यस्तो फरक सोच तथा कार्यले स–साना बालबालिकालाई थप प्रोत्साहित तथा प्ररेणा मिल्ने विचार व्यक्त गर्दै बैंकलाई धन्यबाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।