Logo बैशाख २, २०७८ बिहीबार


प्रहरीले बुझ्यो १६ थान भरुवा बन्दुक

सन्तोष श्रेष्ठ

धादिङ । खनियाबास गाउँपालिकाका स्थानियले १६ थान भरुवा बन्दुक प्रहरीलाई बुझाईएका छन् । नेपाल सरकारले फागुन २१ गतेको निर्णयबाट देशभर अबैध हातहतियार र खरखजाना प्रहरी प्रशासन समक्ष बुझाउन निर्देशन प्रशासनले हतियार संकलन शुरु गरेको हो ।

चैत २० गते धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, प्रहरी उपरिक्षक राजकुमार वैदवारलगायतको सुरक्षा अधिकारीको टोलीले गाउँमै पुगेर सार्वजनिक सुनुवाई कार्यक्रम गरेर अबैध हातहतियार बुझाउन आग्रह गरे लगत्तै गाउँलेले हतियार बुझाएका हुन । खनियाबास गाउँपालिकाको विभिन्न स्थानमा अबैध रुपमा बन्दुक राखिएको सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा गाउँलेहरुले १६ थान भरुवा बन्दुक प्रहरीलाई बुझाएका हुन् ।

खनियावास गाउँपालिकाको वडा नम्बर १ बाट ७ थान, वडा नम्बर २ बाट ४ थान, वडा नम्बर ३ मा १ थान, वडा नम्बर ४ मा २ थान र ५ नम्बर वडाबाट २ थान अबैध बन्दुक प्रहरीलाई बुझाईएको हो । साविकको दार्खा, झार्लाङ र सत्यदेवी गाविसलाई समेटेर खनियावास गाउँपालिका बनेको हो ।
विगतमा यस क्षेत्रमा पटक–पटक अबैध हतियारका कारण मान्छेको ज्यान समेत जाने गरेको थियो ।

सरकारले दिएको अवधि भित्र आफ्नो घरमा रहेको अबैध हातहतियार बुझाउनेलाई प्रहरीले कुनै कारवाही नगर्ने बताएको छ । तोकिएको मिति भन्दा पछि भेटेमा हातहतियार तथा खरखजना मुद्धा वमोजिम कारवाही गर्ने भनेपछी गाउँलेहरुले १६ थान भरुवा बन्दुक बुझाएको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…