Logo बैशाख २, २०७८ बिहीबार


नेपालमै पहिलोपटक ‘टोर्नाडो’

आनन्द गुरुङ
काठमाडौं ।
गत आइतबार बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको हावाहुरीको नाम ‘टोर्नाडो’ भएको वैज्ञानिकहरुले जनाएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक ‘टोर्नाडो’ आएको पुष्टि गर्नुभएको हो । सेन्टिनियल नामको भूउपग्रहले हावाहुरीका बेला नेपालको बारा, पर्सामा १० मिटर उचाईबाट खिचेका तस्बिरको अध्ययन पश्चात् ‘टोर्नाडो’ आएको पुष्टि भएको मौसमविद् श्रेष्ठले जानकारी दिनुयभो ।

भू–उपग्रह हरेक पाँच दिनमा नेपालको आकाशमा आइपुग्ने गर्छ । फोटो हेर्दो ‘टोनार्ड’ ले छोएको संरचना बिगार्दै आफ्नाे बाटो बनाउँदै गएको प्रष्ट देखिन्छ । आफू हिड्ने बाटो बनाउँदा सबैभन्दा बढी बाराको फेटा गाउँपालिकास्थित मानव बस्तीमा ठूलो धनजनको क्षति पुगेको पनि तस्बिरमा प्रष्ट देखिएको समेत जानकारी दिनुभयो ।

फेटा गाउँपालिका क्षेत्र भएर करिब ३० किलोमिटरको क्षेत्रलाई यसले बाटोका बनाएर अघि बढेको
तस्बिरमा प्रष्ट देखिएको र अमेरिकाको भूउपग्रहले खिचेको तस्बिर किन्नुपर्छ, त्यसका लागि प्रक्रिया शुरु गरेर पत्र पठाएका पनि बताउनु भयो । तर औपचारिक पुष्टिसहित सार्वजनिक गर्न भने अझै केही दिन लाग्ने नाष्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…