गँहु खेतमा महिलाको शव

कपिलवस्तु । शिवराज नगरपालिका – ३ खरेन्द्रपुरबाट दुई दिन अघि हराएकी एक महिलाको शव गँहु खेतमा फेला परेको छ ।
खरेन्द्रपुर निवासी विजय लोनीयाकी ४० वर्षीया श्रीमती शुभावती लोनीयाको शव खरेन्द्रपर छालाफेक्ट्री नजिकै गँहु खेतमा फेला परेको हो ।
बिहीबार बिहान घरबाट निस्केकी शुभावती अबेरसम्म घर नफर्कीएपछी उनको खोजीकार्य भैरहेको थियो । शुभावतीको मानसिक अवास्था केही दिन देखी ठिक नभएको परिवार स्रोतले जनाएको छ ।
महिलाको शव नजिकै सेल्फास नामक पैजन भेटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्ययले जानकारी दिनुभयो । शुभावतीको मृत्युबारे थप अनुसान्धन भइरहेको प्रहरीले जनाएको छ ।