Logo बैशाख २, २०७८ बिहीबार


अवैध विदेशी मुद्रासहित व्यवसायी श्रेष्ठका परिवारै पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अवैध विदेशी मुद्रासहित सुवास श्रेष्ठको पाँच जनाको परिवार नै पक्राउ गरेको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एकै परिवारका ५ जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएकामध्ये २ नाबालक छन् ।

नियन्त्रणमा लिइएकामा ४८ वर्षीय सुवास श्रेष्ठ, उनकी श्रीमती उमादेवी श्रेष्ठ, १७ र ४ वर्षका उनका २ छोरी र ११ वर्षका १ छोरा रहेको एसएसपी सन्दीप भण्डारीले जानकारी दिनुभयाे । थाइ एयरबाट शुक्रबार दिउँसो १३ः४५ बजे बैंकक जान लागेका एकै परिवारका ५ जनालाई ठूलो परिमाणको विदेशी मुद्रासहित नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका श्रेष्ठ परिवारको साथबाट प्रहरीले २१ हजार १ सय ५० थाइ भाट नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार, १३८० यूरो, १० हजार यूएसडी र ८० हजार चाइनिज युआन पनि फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।