Logo बैशाख ६, २०७८ सोमबार


चट्याङबाट आगलागी

दिनेश गजमेर
धरान । धरान १७ रेल्वेस्थित मनोज शाक्यको घर पछाडि रहेको नरिवलको रूखमा चट्याङ परेको छ । शनिबार बिहान करिब साढे १० बजे चट्याङ परेको हो । चट्याङबाट कुनै धनजनको क्षति नभएपनि स्थानीय चट्याङका कारण त्रसित भएका छन् ।

चट्याङ परेपछि रूखको माथिल्लो भागमा ठूलो लप्कासहित आगलागी भएको थियो । आगलागी भएपछि स्थानियले वारूण यन्त्र बोलाएका थिए । धरान उपमहानगरपालिकाको वारूण यन्त्र आइपुग्दा आगो केहीमात्रामा नियन्त्रणमा आएको थियो ।

धुवाँबाट फेरी आगलागी हुन सक्ने भन्दै अग्नी नियन्त्रकले रूखमा पानी हाल्न थाले लगत्तै वर्षात हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…