देउवा र कोइराला पूर्ण रुपमा असफल : आचार्य

आनन्द गुरुङ
काठमाडौं । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री सशांक कोइराला पूर्ण रुपमा असफल भएको दाबी गर्नुभएको छ ।
जनता टेलिभिजनसँग कुरा गर्दै विश्लेषक आचार्यले नेपाली काँग्रेसका सभापति र महामन्त्रीले संसदमा सशक्त भूमिका निर्वाह गर्न नसक्दा सत्तारुढ दल नेकपा निरंकुश र तानाशाह बन्दै गएको बताउनु भएको छ । आचार्यले काँग्रेसले संघीय सदनमा सशक्त भूमिका निर्वाह गर्न नसक्दा प्रदेश संसदमा पनि भूमिका पनि शून्य बन्दै गएको भन्दै मुलुकमा प्रतिपक्ष नै नभएको आभास भएको दाबी समेत गर्नुभयो ।
सभापति देउवा र महामन्त्री कोइरालाबीचको गुटगत दुरीका कारण पार्टीले पनि अग्रता लिन नसकेको र कार्यकर्तामा नैराश्यता बढेको बताउनु भयो ।