Logo बैशाख २, २०७८ बिहीबार


महोत्तरीमा २१८ एचआइभी सङ्क्रमित


महोत्तरी । जिल्लामा एचआइभी सङ्क्रमितको संख्या २ सय १८ पुगेको छ । उल्लेखित संख्या जिल्ला अस्पतालमा औषधोपचार गराउन आउनेहरुको मात्र हो ।

अस्पतालको सम्पर्कमा नआउनेहरुलाई गणना गर्दा एचआइभी सङ्क्रमित अझै बढी हुन सक्ने अनुमान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा राजीवकुमार झाका अनुसार एचआइभी सङ्क्रमितमध्ये ८५ पुरुष, १ सय १६ महिला, तीन तेस्रो लिङ्गी, आठ बालक र ६ बालिका छन् ।

जिल्ला अस्पताल जलेश्वरमा एचआइभी सङ्क्रमितका लागि सञ्चालनमा रहेको औषधि वितरण तथा परामर्श शाखामा अहिले २ सय १८ जना नियमित रुपमा सम्पर्कमा रहेको तथा औषधि सेवन गरिरहेको डा झाले बताउनुभयो ।

उहाँका अनुसार चालू आर्थिक वर्षको साउनदेखि अहिलेसम्म नयाँ बिरामी १९ जना थपिएका छन् । अरु १० देखि १५ वर्ष अगाडिका सङ्क्रमित हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।