अनिल तिवारी
बारा । कृषि वैज्ञानिक खड्गभक्त पौडेलले बाराको जीतपुरसिमरा उपमहानगरपालीका वडा नं.३ रामवनमा तीन बिगाह भन्दा बढीको जग्गामा लगाईएको केरा खेती नष्ट गरेका छन् ।जीतपुरसिमराको रामवनमा शान्त कुमार मल्ल नाम गरेका व्यक्तिको करिब २५ बिगहा हुकुमी जग्गा रहेको छ । तर निजले बल र शिफारिसका आधारमा कानुनलाई आफ्नों हातमा लिएर कृषि वैज्ञानिक पौडेलको जग्गा समेत कब्जा गर्दै आएको बुझिएको छ ।
उनी कृषि विषयमा विज्ञता हाँसिल गरी बारामा अर्गानिक खेतीको अभियानमा लागीपरेका छन् । उनको लाल पुर्जामा करिब चार बिगाह जग्गा देखिए पनि राजा रजौटाबाट पाएको हुकुमी जग्गा मिचिएको भन्दै उनले जिल्ला अदालतमा मुद्दा समेत दिएका थिए ।
जिल्ला, पुनरावेदन हुँदै उच्च अदालत समेतबाट मुद्दा जितिसकेको छन् । कृषि वैज्ञानिक पौडेलले कानुनले पनि आफ्नैं पक्षमा निर्णय सुनाउँदा पनि जग्गा दिन नमाने पछि आफ्नों जग्गामा पर्ने करिब डेढ बिगहा जमिनमाा लगाईएको केरा खेती खुकुरीले फाँडि दिएका हुँन् । उनको हातमा सोही जग्गाको लाल पुर्जा छ र मालपोतको दस्तुर तिर्दै आएको पनि रसिद छ , तर भोगचलन अर्कैले गर्दै आईरहेको उनको गुनाँसो छ ।
यता शान्त कुमार मल्लको जग्गामा भोगचलन र रेखदेख गर्दैआएका शिवशंकर प्रसाद कुशवाहाले भने पौडेलको बिचारमा असहमती जनाएका छन् । उनले पौडेलको जग्गा मल्लको सिमानामा नपरेको बताए । कुशवाहाले भने, ‘जबरजस्ती आफुले लगाएको केरा खेती बिना सूचना नष्ट गरेकाले कानुनी उपचारमा लाग्छु ।’
यता ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख सुवास हमालले दुई पक्षलाई सँगै राखेर प्रमाणका आधारमा निर्णय गर्ने र आवश्यक अन्य प्रकृयाका लागी छलफलबाटै समाधान खोज्ने बताए ।
शान्त कुमार मल्लमाथी गाउँका अन्य विविध प्रकारको आरोप पनि छन् । उनले भोगचलन गर्दै आईरहेको जग्गामा पर्सा राष्ट्रिय निकुञ्जको करिब तीन बिगहा जमिन समेत भोगचलन गर्दै आएको खुल्न आएको छ । सो मिचिएको क्षेत्र जनजागरण सामुदायिक बन समुह भित्र पर्दछ । समुँहले शान्त कुमार विरुद्ध दायर गरेको मुद्दा बिचाराधिन छ ।
समुहका अध्यक्ष तारा बहादुर कार्कीले मल्लले पावर र पदका आधारमा हामी सोझा किसान माथी अन्याय गरेको र गाउँलाई नैं उठीबास लगाउँने षडयन्त्र गरेको आरोप लगाए ।
यसैगरी रामबन गाउँ नैं उनको मुद्दामा आजित बनेको छ । दशकौं अघि किनबेच भई आएको जग्गा पछिल्लो पटक प्लटिङ गरी खरिद बिक्री भई घर टहरा बनाएर बसेका छन् । सोही जग्गामा समेत बिभिन्न बहानामा उनले मुद्दामा मिलामा उक्साएको आरोप छ ।