Logo बैशाख २, २०७८ बिहीबार


इरानमा बाढीः ७० जनाकाे मृत्यु

काठामाडौं । इरानमा बाढीले सैयौं बस्ती डुबानमा परेको छ । बाढीबाट मर्नेको संख्या ७० नाघेको छ ।

केही सातादेखिको अविरल वर्षाका कारण इरान बाढीको चपेटामा परेको छ । शनिबार झन् वर्षा हुने पूर्वानुमान गरिएपछि हजारौं नागरिकलाई सुरक्षित स्थलमा स्थानान्तरण गरिँदै छ । मुख्य नदीको बाँधको क्षमताले थेग्न सक्नेभन्दा बढी जलप्रवाह हुने लेखाजोखा छि महिला र बालबालिकाहरुलाई सुरक्षित स्थानमा सार्न शुरु गरिएको हो । युवालाई राहत र उद्धारका लागि यथास्थानमा खटिरहन भनिएको छ ।

पानीको निकासका लागि अधिकारीहरुले योजना बनाउँदै गरेको जनाइएको छ । बाढीले देशको दक्षिण पश्चिमी राज्यमा थप असर पर्ने बताइएको छ । सुसानगर्ड र खुजेस्तान नगरबाट बासिन्दा अन्यत्र सार्ने क्रम जारी छ ।

तेलको लागि धनी मानिएको यस क्षेत्रमा उर्जा कम्पनीहरु राहतमा जुटेका छन् । मार्च १९ मा शुरु भएको वर्षा अझै थामिएको छैन । इरानका एक हजार ९ सय गाउँ र शहर बाढीको कारण जलमग्न भएका छन् । हजारौ सडक, पुल र भवनहरु क्षतिग्रस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।