नागरिकको १०औं साधारण सभा सम्पन्न

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा अवस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलले आफ्नो दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
नागरिकको सेवाका लागि १० वर्ष अगाडि स्थापित हस्पिटलले शेयरधनीहरुलाई वार्षिक प्रगतीबारे जानकारी दिंदै शनिबार आफ्नो दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । शेयरहोल्डरलाई आर्थिक फाइदा भन्दापनि बिरामीलाई सस्तोमा सेवा दिने हस्पिटलको लक्ष्य रहेको सञ्चालकले बताएका छन् ।
स्तयरीय उपचार सेवाको साथसाथै अध्ययनको लागि पनि हस्पिटल उपयुक्त रहेको संचालकहरुको दाबी छ । सञ्चालकहरुले साधारण सभामार्फत आफ्ना भावी योजनाबारे सबै शेयरहोल्डरलाई आवश्यक जानकारी पनि दिएका छन् ।
हस्पिटलले आफ्नै पाँच रोपनी जग्गामा सुबिधासम्पन्न भवन निर्माण कार्य अगाडि बढाएको जनाएको छ । १०० शैया रहेको हस्पिटलमा करिब साँढे छ सय शेयरहोल्डरहरु रहेका छन् । हस्पिटलबाट सिटी स्क्यान, हाडजोर्नी, प्लाष्टिक सर्जरी, यूरोलोजी, मुटुरोग, न्यूरो, बालरोग, नशा तथा हाडजोर्नी लगायत सबै रोगको उपचार सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।