Logo बैशाख २, २०७८ बिहीबार


प्रलेसको अध्यक्षमा गिरी निर्वाचित

काठमाडौं । प्रगतिशील लेखक संघको अध्यक्षमा डा. जीवेन्द्र देव गिरी निर्वाचित हुनुभएको छ । लेखक संंघको ११ औं राष्ट्रिय सम्मेलनबाट गिरी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा शुक्रबारबाट शुरु भएको वामपन्थी लेखकहरुको साझा संगठन प्रलेसले ४५ सदस्यीय केन्द्रिय कमिटी सर्वसम्मत चयन गरेको छ । प्रलेसको उपाध्यक्षमा वामपन्थी लेखकहरु गोपिरमण उपाध्याय र सुशिला प्रधानाङ्ग, महासचिवमा समिर सिँह, उपमहासचिवमा आरसी न्यौपाने, सचिव प्रकाश थापा र बाबुराम आचार्य तथा कोषाध्यक्षमा डा. धुर्व घिमिरे निर्वाचित हुनुभएको छ ।

त्यस्तै केन्द्रीय सदस्यहरुमा नारायण मरासिनी, बालकृष्ण अधिकारी, मणि अर्याल, जनक रसिक, बम बानियाँ, झगिन्द्रराज ढकाल (पारस), लोकबहादुर थापा, सुमित्रा वाङ्देल चेली, इन्द्रराज लामा, पुरु लम्साल, मधु क्षेत्री, प्रदिप प्रधान, मिन बहादुर राना, जीवन शाही, तारा प्रसाद शर्मा, कमल कार्की, अर्जुन पौडेल, नवराज रिजाल, मधु पोखरेल, राममणि ढुङ्गेल, सरस्वती दुमी राई, डा. दिपक गौतम, नरेश न्यौपाने, शरद अधिकारी, ओमप्रसाद घिमिरे, शालिकराम तिमिल्सीना, केशव थापा, डा. देवी दुलाल, राजेश विक गिरिप्रसाद बुढा, रिद्दीरमण घिमिरे सर्वसमत चयन भएका छन् । प्रलेसले ४५ सदस्यीय कमिटी बनाउने तयारी गरेको भएपनि हाललाई ३९ सदस्य चयन गरेको र पछि ६ जना मनोनयन गरिने जनाएको छ ।

प्रलेस सम्मेलनबाट ३९ सदस्यीय राष्ट्रिय प्रतिनिधि परिषद सदस्य समेत निर्वाचित भएका छन् । तर ६ जना सदस्य पछि थपेर प्रतिनिधि परिषद सदस्य पनि ४५ सदस्यीय नै बनाइने सम्मेलनको बन्दशत्रमा जानकारी दिइएको थियो ।

नवनिर्वाचित अध्यक्ष गिरीले नेपालको वामपन्थी आन्दोलनमा देखिन सक्ने वैचारीक विचलनको सामना गर्दै प्रलेस अघि बढ्ने बताउनुभयो । कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको सरकारलाई अधिकतम कम्युनिष्ट चरित्रको बनाउन प्रलेसले महत्वपुर्ण भूमिका खेल्नुपर्नेमा गिरीले जोड दिनुभयाे।

ललितपुर स्थित तुल्सीलाल प्रतिष्ठानमा दुई दिनसम्म चलेको सम्मेलनको उद्घाटन परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…