काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित पत्रपत्रिकाहरुले विभिन्न विषयका समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
शनिबार जनतासमाचार डट कमले सलार्हीमा बारापर्साको जस्तै हावाहुरीबाट एकजनाको मृत्यु, महोत्तरीमा २१८ एचआइभी सङ्क्रमित, वरिष्ठ साहित्यकार प्रश्रितलाई हृदयघात, अवस्था खतरा मुक्त र प्रलेसको अध्यक्षमा जिवेन्द्र देव गिरी निर्वाचित लगायतका शिर्षकहरुमा समाचार प्रकाशित गरेको थियो ।
कान्तिपुर दैनिकले ‘चटपटेको भरमा हुरीपीडित शिर्षकमा सामुहिक मेस बनद भएपछि हुरी प्रभावित बासिनदा चिउरा, बिस्कुट र भुजा खाएर छाक टार्न विवश रहेको समाचारलाई आफ्नो शिर्ष समाचार बनाएको छ । बाराका हुरी पीडितहरुले दालचामल भएपनि भाँडाकुँडा नहुँदा पकाएर खान पाएका छैनन् । शुक्रबार साँझसम्म सञ्चालनमा आएको मेस शनिबार विहानदेखि बन्द छ । यससँगै मौसममा आएको बदलीसँगै हावाहुरीले सर्लाहीको रामनगरमा घरको छाना उडाउँदा एक जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।
‘न्यायधीशमा हीरा टिपेर ल्याएँ’ शिर्षकमा नागरिक दैनिकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको भनाईलाई प्रमुख समाचार बनाएको छ । प्रधानन्यायाधीशले सर्वोच्च अदालतका लागि आफुले न्यायाधीश सिफारिस गर्दा ‘हीरा टिपेर ल्याएको बताउनुभएको हो । न्यायधीशबाट निकालिएका पिएचडी होल्डरलाई पुनः न्यायाधीशमा सिफारिस गर्नु आफ्नो पवित्र लक्ष्य भएको बताउनुभएको समाचार छ ।
राजधानी दैनिकले ‘भूमाफियासँग सरकारी अधिकारीको साठगाँठ’ शिर्षकमा भूमाफियाहरुले सरकारी कर्मचारीहरुलाई प्रभावमा पारेर अर्बौं रुपैयाँ मूल्य बराबरका सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिएको समाचार छापेको छ । समाचार अनुसार काठमाडौं महानगरपालिका ४ बालुवाटार स्थित ललिता निवास क्याम्पको सरकारले अधिकरण गरि आफ्नो नाममा पारेको २८४ रोपनि जग्गाामध्ये ११३ रोपनि जग्गा भूकमफियाले व्यक्तिको नाममा ल्याउँदा सरकारी कर्मचारीहरुकै मिलेमतो रहेको पाइएको हो ।
‘राजनीतिक व्यक्तिलाई न्यायाधीश नबनाउन माग’ शिर्षकमा गोरखापत्र दैनिकले विगतको पृष्ठभूमि, सार्वजनिक जीवनमा आर्जन गरेको ख्याती र उच्च नैतिक चरित्रसमेतलाई विचार गरि न्यायधीशको पदमा नियुक्त गरिनुपर्ने समाचार छापेको छ ।तेश्रो राष्ट्रिय सम्मेलनको समापनमा न्यायधीशहरुले सुनुवाइको व्यवस्था हटाउन माग गर्दै न्यायपरिषदमा न्यायाधीशहरुको बहुमत पुर्याउनुपर्ने सुझाव समेत दिएका छन् ।
नयाँ पत्रिका दैनिकले ‘प्रधानन्यायाधीश बोल्दा न्यायाधीशहरु स्तब्ध’ शिर्षकमा प्रमुख समाचार छापेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रधानन्यायाधीशको कुर्सी बडो गाह्रो रहेछ, कहिले सत्यको साक्षी बस्नुपर्ने त कहिले असत्यको साक्षी बस्नुपर्ने भनेर बोल्दा न्यायाधीशहरुले खल्लो महशुस गरेको समाचारमा उल्लेख छ ।