Logo बैशाख ६, २०७८ सोमबार


‘टोर्नाडो’ले १६५९ को ज्यान लियो

काठमाडौं । ‘टोर्नाडो’बाट बारा र पर्सा जिल्लामा २९ जनाको मृत्यु हुनुका साथै २५ सय घर क्षतिग्रस्त भएका छन् । नेपालमै पहिलो पटक यसरी अमेरिकामा आइरहने जस्तै टोर्नाडो यहाँ देखिएको विज्ञहरुले बताएका छन् । अमेरिकी क्षेत्रमा बढी आइरहेको टोर्नाडो पछिल्लो समय दक्षिण एसियाली मुलुकको बङ्गलादेशबाहेक अन्यत्र देखिएको थिएन ।

दक्षिण एसियामा बङ्गलादेशपछि टोर्नाडो आउने द्रोस्रो मुलुक नेपाल रहेको विज्ञहरुको दाबी छ ।
अमेरिकामा आउने टोर्नाडोको गति सामान्यतया दुई सय किलोमिटर प्रतिघण्टाको हुन्छ । उच्च ‘टोर्नाडो’को शक्तिशाली गति चार सय किलोमिटर प्रतिघण्टा हुनेगर्छ ।

अमेरिकामा सन् १९२५ को मार्च १८ मा तीन राज्य प्रभावित पार्ने गरी शक्तिशाली ‘ट्रि–स्टेट टोर्नाडो’ आएका थियो । जसले सबैभन्दा लामो ३ सय ५२ किलोमिटरको बाटो बनाएको थियो । साढे तीन घण्टा लगातार त्यो टोर्नाडो चलेको थियो ।

‘टोर्नाडो’बाट कतिले ज्यान गुमाए ?
दक्षिण एसियाली मुलकुमा भने सन् १९८९ अप्रिल २६ मा बङलादेशमा ठूलो ‘धौलापुर–स्याटुरिया टोर्नाडो आयो । जसबाट करिब १३ सय मानिसको ज्यान गएकाे थियाे । त्यसपछि नेपालमा आएको टोर्नाडोमा भने करिब डेढ सय देखि दुई सय किलोमिटर प्रतिघण्टाको गति रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सन् १९९४ मा आएको ‘१९७४ सुपर आउटब्रेक’ मा अमेरिकामा १८ घण्टामा १ सय ४८ वटा टोर्नाडो लगातार आएको थियो । जसमा परी करिब ३ सय ३० ले ज्यान गुमाएका थिए । जसमा २४ घण्टाभित्र ३ सय ६० टोर्नाडो लगातार आएको थियो । त्यस्तै नेपालमा यसपालि आएको ‘टोर्नाडो’बाट २९ जनाले ज्यान गुमाउनुपर्याे ।

दक्षिण एसियाली मुलुक बङ्गलादेश, नेपाल र अमेरिकामा गरी १६५९ जनाले ज्यान गुमाउनुपरेका तथ्यांकले देखाएको छ ।

‘टोर्नाडो’ नेपालजस्तो विकासोन्मुख देशका लागि घातक देखिन्छ । त्यसैले योजनाबद्ध पूर्वतयारीमा सरकारले ध्यान दिनुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।