Logo बैशाख १, २०७८ बुधबार


हिमालमा आरोहीको चहलपहल

वसन्त ऋतुमा १९३ आरोही चढ्दैछन्


आनन्द गुरुङ
काठमाडौ । यस वर्षको वसन्त ऋतुमा ४६ आरोही समूहले हिमाल आरोहण अनुमति लिएका छन् । पर्यटन विभागको पछिल्लो तथ्यांक अनुसार यसवर्षको वसन्त ऋतुमा मुलुकका विभिन्न हिमाल आरोहणका लागि ४६ आरोही समूहका १ सय ९३ आरोही अनुमति लिएका छन् ।

त्यसको रोयल्टीबाट २५ करोड ५६ लाख २८ हजार ८ सय ३७ रूपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ । सर्वोच्च शिखर सगरमाथाबाट मात्रै २३ करोड ९२ लाख ५सय ७५ रोयल्टी उठेको छ । सगरमाथा आरोहणका लागि १९ आरोही समूहले निवेदन दिएका छन् ।

सगरमाथा सहितका हिमाल आरोहणका लागि आरोही धमाधम गन्तव्यतर्फ लागेका विभागले जनाएको छ । कञ्चनजङ्गा र ल्होत्सेका लागि समान चार र अन्नपूर्ण तथा अमादब्लममा समान दुई आरोही समूहले आरोहण अनुमति लिएका छन् । मकालु, नुपुचे र ग्याल्जेनपिकका लागि दुई९दुई समूहले अनुमति पाएका छन् ।

सन् २०१८ को वसन्त ऋतुमा र ४१ करोड २८ लाख ८४ हजार ६ सय ३८ रोयल्टी रुपैयाँ जम्मा भएको थियो । त्यसमध्ये सबैभन्दा बढी सगरमाथाबाट ३५ करोड १४ लाख ९८ हजार ३ सय १२ रुपैयाँ उठेको थियो । सन् २०१८ को वसन्त ऋतुमा सगरमाथा सहितका हिमाल आरोहणका लागि १ सय ७ आरोहीले सगरमाथा आरोहणको स्वीकृति पाएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए ।

सन् २०१७ को यही सिजनमा सगरमाथासहितका हिमाल आरोहणका लागि १ सय ८ आरोही दल सहभागी भएका थिए । सरकारले आरोहणका लागि ४ सय १५ हिमाल खुला गरेको छ । नेपालमा आरोहणयोग्य १३ सयभन्दा बढी हिमाल छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…