कुकुर धनीलाई नगरपालिकाको यस्तो चेतावनी !

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले कुकुर धनीलाई कडा चेतावनी दिएको छ । नगरपालिकाको वडा नम्बर १५ ले सूचना जारी गर्दै कुकुरधनीलाई सार्वजनिक ठाउँमा दिशा पिसाब नगराउन भन्दै यस्तो चेतावनी दिएको हो ।
कुकुरको दिशा पिसाबबाट मान्छेमा फित्ते जुकाको संक्रमण हुने र यसले मानिसको मष्तिष्क पेटमा संक्रमण गर्ने भएकाले कुकुरलाई घरमै दिसापिसाब गराउन सूचना जारी गरेको वडा पालिकाले जनाएकाे छ । वडा कार्यालयले जारी गरेको सूचनालाई वेवास्ता गरे कानुनी कारबाही गरिने जारी सूचनामा उल्लेख गरिएको छ ।
