Logo बैशाख १, २०७८ बुधबार


‘जन्मसिद्ध नागरिकतालाई वंशज गर्न समस्या’

कास्की । गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताउनुभएको छ ।

‘जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या भएको छ’, त्यस्ताे समस्या नहोस् भनेर अदालतको आदेश र संविधान अनुरुप वंशजका आधारमा नागरिकता दिन जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइएको हो ।’

गृहमन्त्री थापाले नागरिकतासम्बन्धी विधेयक संसदमा छलफलको क्रम रहेको तर हिउँदे अधिवेशन सकिएको कारण रोकिएको उल्लेख गर्नुभयो । ‘संसदको हिउँदे अधिवेशन सकिएको कारण विधेयक रोकिएको छ’, उहाँले भन्नुभयो, ‘अब फेरि संसद बैठक बसेपछि त्यसबारे छलफल हुन्छ । त्यसपछि नागरिकता समस्या समाधान हुन्छ ।’

मन्त्री थापाले प्रदेश प्रहरी ऐन छिट्टै आउने प्रतिवद्धता जनाउनुभयो । ‘प्रदेश प्रहरी ऐन पनि संसदमा छलफलकै क्रममा छ’ उहाँले भन्नुभयो, त्यो विधेयक पनि संसदको हिउँदे अधिवेशन सकिएकै कारण रोिकएकाे छ। अब बस्ने संसद बैठकले त्यसलाई पनि समाधान गर्छ ।’

मन्त्री थापाले सरकार शान्ति सुरक्षा कायम गर्न सफल भएकाले पृथकतावादी आन्दोलनमा लागेको समूहलाई देशको अखण्डता र विकासमा समाहित हुने गरी मूलधारमा ल्याइएको बताउनुभयो । विप्लव समूह शान्ति सुरक्षा र विकासका निम्ती बाधक भएको उल्लेख गर्दै उनीहरूलाई पनि मूल प्रवाहमा ल्याउने प्रयास भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…