ललितपुरमा ‘अन्तराष्ट्रिय व्यापार मेला’

प्रतिकात्मक तस्बिर
काठमाडौं । ललितपुरमा ‘अन्तराष्ट्रिय व्यापार मेला’ आयोजना हुने भएको छ ।
ललितपुरको कला, संस्कृति र हस्तकलाका सामग्रीलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने मूल उद्देश्यका साथ सो मेला आयोजना गर्न लागिएको हो । ललितपुर उद्योग वाणिज्य संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत्र २७ गते बुधबारबाट सुरु हुने मेला बैशाख १ गते आइतबारसम्म चल्ने जानकारी गराएको छ ।
ललितपुरको कला, संस्कृति र हस्तकलाका सामग्रीहरुको अन्तराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिनु भयो । ५ दिनसम्म चल्ने मेला ललितपुरको नःटोलस्थित मदन स्मारक माध्यामिक विद्यालयको प्राङगनमा आयोजना हुनेछ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नु हुने मेलामा भारत, चीन, पाकिस्तान, बंगलादेशसहित १ सय भन्दा बढि स्टल रहनेछ । मेलामा करिव ५ लाखले अवलोकन गर्ने र ५ करोड रुपैँया बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।