Logo बैशाख ६, २०७८ सोमबार


नक्कली नोट दिएर बहुमूल्य धातु किन्ने ५ पक्राउ

सन्तोष श्रेष्ठ

धादिङ । पृथ्वी राजमार्गको गल्छी चोकबाट प्रहरीले नक्कली नोटको कारोबार गर्ने पाँच जना ठगलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले स्कर्पीयो जिप र तिन लाख ३९ हजार पाँच सय नगदसमेत बरामद गरेको हो ।

ठगहरु विभिन्न स्थानमा बहुभूल्य पुराना सर सामानको खोजी गर्दै हिड्ने र महङ्गो मूल्यमा किन्छु भन्दै सामान लिएपछि कागज का नक्कली दिएर भाग्ने गरेको खुलेको छ । उनिहरुको साथबाट प्रहरीले झोलामा लुकायर राखेको तिन लाख ३९ हजार पाँच सय र एक हजार र पाँच सयको नक्कली नोटसहित बा १४ च ६३६७ नम्वरको स्कर्पियो जिप पनी बरामद गरेको छ । उनीहरु काठमाण्डौं तर्फबाट नुवाकोटतर्फ जादैगर्दा गल्छीमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रसुवा नौकुण्ड गाउँपालीका ६ का २० वर्षीया बुद्धमाया तामाङ्ग, सोही ठाँउका ३० वर्षीय सुकुमान तामाङ्ग, सिन्धुपालचोक ईन्द्रावती गाउँपालीका ४ का २८ वर्षीय पुरुषोत्तम सापकोटा, गुल्मी मालीका गाउँपालीका ४ का २३ वर्षीय हिमाल अर्याल र सिन्धुली सुनकोशी गाउँपालीकाका २७ वर्षीय सुजन बैद्य रहेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । उनीहरुको साथबाट सक्कली पैसा तीन लाख ३९ हजार पाँच सय र एक झोला कागजका नक्कली नोट बरामद गरिएको हो ।

निज ठगहरु १ करोडमा डिल भएको लाईट स्टोन खरिदका लागी तिन लाख ३९ हजार पाँच सय सक्कली र अरु नक्कली पैसा झोलामा भरी रसुवा जाँदै थिए । प्रहरीले शंका लागी खोज तलास गर्दा नक्कली नोटले भरिएको झोलामाथि पैसा फिजायर राखेको अवस्थामा नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख राजकुमार बैधवारले जानकारी दिनुभयो ।

उनिहरु पाँचै जनालाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय धादिङमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।