Logo बैशाख ५, २०७८ आइतबार


व्यासलाई आलुमा आत्मनिर्भर बनाइने

लोकेन्द्रप्रसाद जोशी
दार्चुला ।
व्यास गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाइने भएको छ । विगतदेखि नै आलु उत्पादन हुँदै आएको व्यास गाउँपालिकाभरी आलु खेती लगाएर आलुमा आत्मनिर्भर बनाइन लागेको हो ।

आलुको लागि उपयुक्त हावापानी रहेको व्यास गाउँपालिकाले यो वर्ष हालसम्म दुई मेट्रिक टन आलुको बीउ ७५ प्रतिशत अनुदानमा वितरण गरेको छ । अझै किसानको मागको आधारमा थप दुई मेट्रिक टन आलुको बीउ माग गरिएको गाउँपालिकाको कृषि शाखा सह संयोजक विपी बडुले जानकारी दिनुभयो । पहिलो चरणमा किसानलाई पाठशालामार्फत आलु खेती लगाउन शुरु गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित खातीगाउँमा कृषक पाठशालामार्फत् आलु खेती लगाउन थालिएको हो ।

परम्परागत तरिका र आधुनिक प्रविधिको आधारमा आलु लगाइएको छ, सह संयोजक बडूले भन्नुभयो, ‘आधा रोपनीमा किसानको परम्परागत तरिका र आधा रोपनीमा आधुनिक तरिकामा गरी पहिलो चरणमा नमुनाको रुपमा एक रोपनी खेतमा आलु लगाइएको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।