Logo बैशाख ६, २०७८ सोमबार


मेयर नै तालबन्दी गर्न गएपछि

विद्यानन्द राम
सप्तरी । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय राजविराजले करोडौंको निर्माणाधिन योजनामा आर्थिक चलखेल गरेको भन्दै सप्तरीका दुई नगरपालिका मेयरसहितका जनप्रतिनिधिले आन्दोलन थालेका छन् ।

आइतबार डिभिजन कार्यालयमा तालाबन्दी गर्न पुगेका बोदे वरसाईन र खडक नगरपालिकाका मेयरसहितका जनप्रतिनिधि र प्रहरीबीच घम्साघम्सी भएको छ । प्रहरीको अवरोधपछि जनप्रतिनिधिहरु ताला नलगाई फर्केका छन् । विहुल र खडक नदी नियन्त्रण गर्नका लागि आएको झण्डै ८ करोड बजेट बारे आफुहरुलाई जानकारीसम्म नदिएको र आर्थिक चलखेलमा लागेर उपभोक्तामार्फत निर्माण कार्य गराईरहेको उनीहरुको आरोप छ ।





८ करोडकाे योजनाको दुई दिनभित्र इस्टीमेट उपलब्ध नगराए सशक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।

मेयर आतिशकुमार सिंह यादवले संघिय सरकार तथा प्रदेश सरकारले सिंचाई तथा नदि नियन्त्रणका लागि छुट्याएको वजेट बारे आफुहरुले लिखित जानकारी माग्दा डिभिजन प्रमुख भागि हिडेको आरोप लगाउनुभयो । स्थानीय सरकारको सिफारिसमा उपभोक्ता समिती गठन गर्नुपर्ने प्रावधान छ । डिभिजन प्रमुखले आफ्नो उपभोक्तामार्फत काम गराई रहेको योजनाको दुई दिनभित्र इस्टीमेट उपलब्ध नगराए सशक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।

डिभिजन कार्यालयका ईन्जिनियर बद्रिनारायण साहले प्रमुखको निर्देशन विना कार्यालयका कुनै पनि जानकारी कसैलाई पनि दिन नमिल्ने प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।