Logo बैशाख ६, २०७८ सोमबार


फोटो पत्रकारलाई कंग्रेसको सामुहिक हमला (भिडियोसहित)

काठमाडौं । पत्रकारलाई फोटो खिच्ने अधिकार छ, समाचार लेख्ने अधिकार छ, समाचार छाप्ने र प्रसारण गर्ने अधिकार छ । राजानीति गर्ने नेता होस् या कार्यकर्ता सबै सुचनाको हकले प्रत्याभुत गरेको अधिकारबारे बेखवर थिएनन् होला । तर एकजना पत्रकार खाली कुर्सीको फोटो खिचिरहेको बेला कँग्रेस कार्यकर्ताको हुलबाट निर्घात कुटिएका छन् ।

घटना भारतको तमिलनाडु प्रान्तको हो । भारतीय कंग्रेस आईको शुक्रबार विरुधिय जिल्लामा भव्य सभाको तयारी भइरहेको थियो । सभा शुरु हुनुअघि मिलाएर राखिएका कुर्सीको फोटो खिचेकै आधारमा एकजना फोटो पत्रकार निर्घात कुटिए ।

को हुन फोटो पत्रकार ?
एक साप्ताहिक पत्रिकाका लागी काम गर्ने फोटो पत्रकारको नाम आरउम मथुराज हो । खाली कुर्सीको फोटो खिचिरहेका पत्रकार मथुराजलाई देख्दा कंग्रेसका कार्यकर्ताको रीस थामिएन । पत्रकार मथुराजलाई एकोहोरो सामहिक हमला गर्न थालेपछि त्यहाँ उपस्थित अन्य पत्रकारले मथुराजलाई बचाए । पत्रकार यतिसम्म कुटिए कि उनलाई अस्पताल नै भर्ना गर्नुपर्यो ।
भारतमा अहिले चुनावको गर्मागर्मी छ । नेताहरु त व्यस्त हुने नै भए । त्यो भन्दा बढि व्यस्त कार्यकर्ताहरु फोटो खिच्ने पत्रकारलाई यसरी कुट्छन् । यो घटानाले आसन्न निर्वाचनमा कँग्रेसको परिणाम बारे कस्तो सन्देश देला ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।