Logo बैशाख ६, २०७८ सोमबार


रत्नपार्कबाट मान्छे लेखेट्ने कि व्युंझाउने ?

–खेम बम
काठमाडौं ।
अत्यासलाग्दो ठाउँ ! संसार विचित्र लाग्ने, कहाँ पो आइपुगेछु भन्ने लाग्ने । घुम्दाघुम्दै समयले नेटो काटेको पत्तै भएन । जहाँ हेर्दा पनि उस्तै लाग्ने । न रातजस्तो न दिनजस्तो । सबै चिनेका जस्तै पनि लाग्ने । नाता पनि दाइ, आमा, बहिनी दिदी । पहिलो पटक काठमाडौं यात्रा र ढिलोसम्मको घुमाइ । अगाडि आएको दाई ! दुईचार कुरा थपेर दिइहाल्ने । यता यस्तो उता त्यस्तो । कता–कता उहाँको बोलीमा नै झुट मिसिएजस्तो । एक व्यक्ति मजस्तै नयाँ रहेछन्, सोधिहाले, ‘बानेश्वर जाने गाडी कता पाइन्छ ? अन्दाजमा दिएँ, ‘यताबाट राइट, त्यसपछि लेफ्ट, बानेश्वर जाने गाडी भेटिन्छ ।’

यस्तै यस्तैमा बित्यो दिन । झमक्कै राति भएछ । रातको ८ बज्यो । रुम जाने तयारीमा थिएँ तर दाइले एकछिन ‘अरु धेरै देखाउँछु’ भन्दै रोके । मनमा आनन्द लागिरहेको थियो । खासै थकान महसुस थिएन । विमानको यात्रा त्यो पनि ५० मिनेटको, के नै थकाइ लाग्थ्यो र ! मन पनि चंगा थियो । ज्यान पनि फुरुंग । पहिलो दिन भएर पनि होला हल्का आत्तिरहेको पनि थिएँ । सानोमा सुनेको राति–राति काठमाडौंमा हिँड्नु हुन्न रे, चोर डाँका लाग्छन्, अपहरण गर्छन् । तर, वास्तविकतामा त्यस्तो लागेन । खै ! किन हो सानोका सबै कुरा त्यो दिनले बिर्साइदिएको थियो ।

राति ९ बज्योः
समय ढल्कियो । रुम जान आत्तिएको थिएँ । दाइले रोके । झिलिमिली शहर राति झन आनन्ददायी । रात ढल्किँदै गयो, प्रहरी सुरक्षा तैनाथ हुँदै गएको आभास भयो । एकथरी मान्छेलाई प्रहरी लखेट्दै गएको दृष्य देखिन्छ । फेरि एकैछिनमा ती मान्छे त्यहीँ देखेँ । के भएछ ? मेरा लागि पक्कै नौलो अनुभव थियो । दाइको अनुरोधलाई स्वीकार गर्दै नजिक गयौँ । त्यहाँ पुगेपछि त अस्तव्यस्त शब्द कोलाहल सुनियो । जुन मेरा लागि अपाच्य थिए । कोही जाने भन्दै थिए, कोही कसैलाई टार्गेट गरेर कस्तो निरीह भन्दै जिस्क्याउँदै थिए । लाग्यो यो कस्तो काठमाडौं ? यहाँका मान्छे कस्ता, हाम्रो गाउँघरमा यी छाडा शब्द बोल्दा समाजको मुखमा बदनाम भइन्छ । मुख देखाउने बाटो रहँदैन । त्यो दिन त्यो रात यतिकैमा बित्यो । करिब साढे ९ बजे घर फर्कियौँ । मनमा अनेकथरी शब्द, भावनाले डेरा जमाइरह्यो ।

सुझावः
काठमाडौं आउने हरेकले एकपटक घुम्ने क्षेत्र हो रत्नपार्क । त्यहाँको स्थिति हेर्दा दिनप्रतिदिन मानव समाजको मानक खस्किँदै गएको पाइन्छ । पहिलोपटक काठमाडौं आएका मानिसलाई त झनै अत्यासलाग्दो दृष्य । त्यस क्षेत्रको व्यवस्थापन र पर्यटकीय आकर्षणको बिन्दु बनाउन जरुरी छ । केही झुण्ड आएर बाटोमा हिँड्ने मानिसलाई जिस्काएको, अपशब्द बोलेको सुन्दा सँगै हिँड्ने दिदीबहिनी आफन्तलाई नकारात्मक असर परेको छ ।

यसको समाधानका निम्ति काठमाडौं महानगरपालिकाको भूमिका के भन्दा पनि कसरी भन्नेमा देखिन आवश्यक छ । मान्छे लखेटेर होइन, समाज व्युंझाएर रत्नपार्कबाट विकृति हटाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।