Logo बैशाख ६, २०७८ सोमबार


सन्दीपको ५० विकेट : कुन लिगमा कति ?

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टी–ट्वान्टी क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरका खेलाडी मोइन अलीलाई रिसव पन्तबाट स्टम्पिङ गराउँदै सन्दीपले आफ्नो ५० विकेट पुरा गरेका हुन् ।

सन्दीपले विभिन्न ६ फ्रेन्चाइज टी–ट्वान्टी लिग खेल्दै ४० खेलमा ५० विकेट लिएका हुन् । सन्दीपले ८ सय ६० बल बलिङ गरेर १ हजार रन दिँदा ५० विकेट हात पारेका हुन् । यसरी बलिङ गर्दा उनको इकोनोमी ७ दशमलव ९७ रहेको छ ।

सन्दीपको सबैभन्दा उत्कृष्ट बलिङ पाकिस्तान सुपर लिगमा देखिएको थियो । पाकिस्तान सुपर लिगमा लाहोर कलेन्दर्सबाट खेलेका उनले ४ ओभरमा १० रन दिदैँ ३४ विकेट लिएका थिए ।

कुन लिगमा कति विकेट ?
पछिल्लो एक वर्ष अत्यन्त ब्यस्त बनेका सन्दीपले विश्वका चर्चित लिगहरु खेल्ने अवसर पाए । आईपीएल २०१८ मा सहभागी भएका सन्दीपले त्यसपछि क्यारेबियन प्रिमियर लिग, बिग बास लिग, ग्लोबल टी–ट्वान्टी, अफगानस्तान प्रिमियर लिग र पाकिस्तान प्रिमियर लिग जस्ता टी–ट्वान्टी फरम्याटका खेलहरु खेलेका थिए ।

आईपीइल २०१८ – ३ खेलमा ५ विकेट
अफगानस्तान प्रिमियर लिग – ५ खेल ६ विकेट
क्यारेवियन प्रिमियर लिग – ५ खेल ७ विकेट
बिग बास लिग – ८ खेल ११ विकेट
बंगलादेश प्रिमियर लिग – ६ खेल ४ विकेट
पाकिस्तान प्रिमियर लिग – ७ खेल ११ विकेट
आईपीएल २०१९ – ४ खेल ५ विकेट

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।