Logo बैशाख २, २०७८ बिहीबार


महानगरपालिकाद्वारा मोटो रकमान्तर

चार स्थानिय सरकार सञ्चालन विधेयक पारित

आनन्द गुरुङ

काठमाडौं । काठमाडौं महानगरपालिकाको सम्पन्न चौथो नगर सभाले रकमान्तर सहित चार वटा स्थानीय सरकार सञ्चालन विधेयक स्वीकृत गरेको छ ।

आइतबार बसेको चौथो नगरसभाले संयन्त्र उपकरण (दमकल खरिद शीर्षकमा १३ करोड), ब्रुमर खरिद शीर्षकमा १० करोड रकमान्तर गरिएको छ । त्यसैगरी, हनुमानढोका दरबार संरक्षण कार्यक्रमको ३९ लाख रुपैयाँ बजेट पनि रकमान्तर गरेको छ । उता, नेपाल एम्बुलेन्स सेवा सञ्चालन खर्च अनुदान रकम रकमान्तर गरेएको छ । सरकारले आर्थिक अनियमितता हुन नदिन रकमान्तर गर्न नमिल्ने भने भनेपनि प्रधानमन्त्रीको जिल्लाको महानगरपालिकाले मोटो रकम रकमान्तर गरेको छ । नगरसभाले विधेयकसँगै चालु आर्थिक वर्षको स्वीकृत बजेटका विभिन्न शीर्षकबाट खर्च हुन नसकेको ६७ करोड १० लाख रकम तत्काल कार्यान्वयन गर्न जरुरी महत्वका कार्यक्रमहरुमा रकमान्तर गरिएको छ ।

काठमाडौँ महानगरपालिकामा विद्युतीय शासनलाई प्रभावकारी बनाउने घोषित नीति अनुरुप सम्पूर्ण तथ्याङ्क संकलन गर्नका लागि बजेट थप गरेको छ । त्यसैगरी, महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्य्विधि) विधेयक ऐन–२०७५, काठमाडौँ महानगरपालिका सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक ऐन–२०७५, काठमाडौँ महानगरपालिका विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन विधेयक ऐन–२०७५, काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन विधेयक ऐन–२०७५पारीत छन् ।

नगरसभाले वडा नंंवर २३ का वडा अध्यक्ष मचाराजा महर्जनको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलको सदस्यमा वडा नंंबर ६ का वडा अध्यक्ष दीपेन्द्र लामा र निवेदकका तर्फबाट नरेश महर्जन, राजेश डंगोल र हुमादेवी आचार्य रहेको कार्यदल पनि गठन गरिएको छ। चौथो नगर सभाले कानुनी आधार तयार गरेकोले सेवा व्यवस्थापनमा सहज हुने निश्चित भएको खुलासा गरेका छन् ।

सभाबाट स्वीकृत भएका ऐनहरु १५ दिनभित्र प्रमाणीकरण र त्यसपछि लागू हुने महानगरका सूचना अधिकारी बसन्त आचार्यले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…