राजेश र मल्लिकाको घायल बनायौ सार्वजनिक(भिडियोसहित)

काठमाडौं। चर्चित गायक राजेश पायल राई र गायिका मल्लीका कार्कीको नयाँ सांगीत कोशेली ‘घायल बनायौ तिमीले’ सार्वजनिक भएको छ । नेपाली सांगीतिक क्षेत्रमा लोक प्रिय कलाकारद्धय राई र कार्कीको आवाजमा पछिल्लो समय प्रेमील सुरज इन्टरटेनमेन्टबाट सार्वजनिक भएको हो ।
निकै आकर्षक र मनोरम दृश्य झल्किएको उक्त गीतमा दिपक लामा र दिप्ती घम्जोको अभिनय छ ।गीतमा प्रेम थापाको शब्दमा सिएल शर्माको संगीत रहेको छ । गीतको छायाकंन र निर्देशन सुरज खनालले गरेका छन् ।
भिडियो हेर्नुहोस्ः–