तेस्रो लिङगीको अधिकारको लागि हातेमालो

काठमाडौं । तेस्रो लिङगीहरुको समूह (एलजिबिटी) बारे बिशेष कार्यक्रम भएको छ । कार्यक्रम गैर एलजिबिटीआइक्यु संस्था मर्निङग्लोरी इन्टरटेन्मेन्टले पहिलो पटक आयोजना गरेको हो ।
एलजिबिटी आइक्य भनेको लेसबिन, गे, बाइसेक्सुवल, टा«न्जेन्डर, इन्टरसेक्सहरु बारे जिज्ञासा हो ।
अन्तरक्रियामा एलजिबिटी अधिकारकर्मी अनुज पेटर राई, मिस पिंक २०१८ एन्जल लामा लगायतले एलजिबिटीलाई समाजले हेर्ने द्रष्टिकोण परिवर्तन हुदै गएको धारणा राखेका थिए । अधिकारर्मीहरुले एलजिबिटीहरुलाई सामान्य रुपमा लिनुपर्ने बताए ।
उनीहरुले सहज रुपमा जीउन पाउनुपर्ने तर त्यसको लागि विभिन्न पक्षसँग हातेमालो गर्नुपर्ने अधिकारकर्मीहरुको भनाई छ । अन्तरक्रियामा सहभागी युवायुवतीले एलजिबिटी विभिन्न जिज्ञासा राखेका थिए ।
पछिल्लो समय विश्वमै एलजिबिटीहरुको अधिकारको लागि आवाज उठाइरहेको छ । नेपालमा पनि अधिकार माग भइरहेको छ । मर्निङग्लोरी इन्टरटेन्मेन्टकी अध्यक्ष मोहना क्षेत्रीले एलजिबिटीहरुको अधिकारबारे बहसको लागि कार्यक्रम आयोजना गरिएको बताइन ।