Logo बैशाख ७, २०७८ मंगलबार


‘आदरणीय चोरज्यू, फूल चोरे पनि गमला फिर्ता गर्नुस्’


काठमाडौ । चोरले प्राय: नगद र बहुमूल्य वस्तु चोर्छ । स्याङ्जाकाे पुतलीबजारमा आइतबार राति अलि फरक वस्तु चोरी भएको छ ।

पुतलीबजार नगरपालिकाको वडा नम्बर ३ बाडखोलास्थित अनन्तकुमार श्रेष्ठको घरबाट फूलसहितको गमला चोरी भएको हो । श्रेष्ठको घरको सिंढीमा फूलसहितको ९ वटा गमला थियो । तर त्यसमध्ये एउटा हरायो ।

जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष समेत रहेका श्रेष्ठले सामाजिक सञ्जालमार्फत चोरलाई फूल लगे पनि गमला भने फिर्ता गर्न आग्रह गरेका छन् । ‘आदरणीय चोर ज्यू, मेरो घरमा राखेको फूलसहितको गमला लानु भएछ’ श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘ यहाँलाई फूल मन परेको हुनसक्छ । त्यो फूल राख्नुुस तर गमला चाँही फिर्ता गर्नुस् है ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।