काठमाडौं । मजदुरी गर्ने क्रममा घाइते भएका बुद्धिमान कुवँर र हरिकाजी ढुंगानाको उपचारार्थ विदेशमा बस्ने नेपालीहरूले सहयोग उपलब्ध गराएका छन्। जर्मनीमा बस्दै आएकी गोरखा परिवार बन्दना पुन बुढा मगरको पहलमा कुँवर र ढुंगानालाई जनही ५२ हजार रुपैयाँ सहयोग गरिएको हो।
सहयोग रकम घाइते कुँवर र ढुंगानालाई हस्तान्तरण गरिएको छ । बन्दनाको बहिनी देविका घर्तीमगर लगायतका पत्रकारहरूको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो।
घाइते बुद्धिमान र ढुंगानाले देश विदेशमा रहनु हुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको सहयोगले आफ्नो नियमित उपचारमा राहत मिलेको भन्दै धन्यवाद ज्ञापन गरे। उनीहरूले सहयोगले उपचार गर्न र जीवन जिउन सहज भएको प्रतिक्रिया दिए।
बन्दनाको पहलमा जर्मनी, युके, पोर्चुगलमा बस्दै आएका ३७ जना नेपालीहरूले रकम संकलन गरेर पठाएका थिए। सुशील पुन, इनुशा बुढामगर, हेमा तामाङ, अम्बिका लिम्बू, मनिता राई, सरिता सुनुवार, राधा गुरूङ, दिपिका शाक्य, निशा राई, विना गुरूङ, विष्णु राई, हेमा गुरूङ, इन्दिरा राई, रिता पुर्जा, गौसरी पुन छन्त्याल, रिष्मा राई, अर्जना देवान, सिर्जना राई, सरिता गुरूङ, अना राई, पावी सुनुवार, बन्दना पुन बुढामगर, सुरेश बिकेआइ, संगीता पुन, समिता थापा, आशा लिम्बू, रोशनी राई, शिलु पुन, एलिशा राई, हेलेन याक्खा, देओ राई, शितल गुरूङ, राधा लिम्बू, सम्सीला गुरूङ, लक्ष्मी आले, मनिला कन्दङ्वाले सहयोग गरेका हुन्।
को हुन बुद्धिमान र हरिकाजी ?
बैजनाथ गाउँपालिका ८ बाँके नेपाली २३ वर्षीय बुद्धिमान कुँवर भारतमा मजदुरी गर्ने क्रममा दुवै हात र एउटा खुट्टा गुमाएका थिए। उनका एक श्रीमती र एक छोरा छन्।
यसैगरी रूपाकोट मझुवागढी नगरपालिका ६ दिक्तेल खोटाङ निवासी ३६ वर्षी हरिकाजी ढुंगाना विद्युत प्राधिकरणमा काम गर्ने क्रममा विजुलीको झट्का लागेर दुवै हात र एउटा खुट्टा गुमाएका थिए। उनका श्रीमती र दुई छोरी छन्।
कुँवर र ढुंगानाको उपचारको लागि सामाजिक सञ्जालमार्फत सहयोग अभियान चलिरहेको छ। उनीहरू अहिले काठमाडौंमा कोठामा बसेर आफ्नो उपचार गराइरहेका छन्।