Logo बैशाख २, २०७८ बिहीबार


एकै हलमा २० बेहुली !

बिर्तामोड । चैत महिनामा बिवाह नगर्ने मान्यता रहेपनि सोमबार बिर्तामोडको एक पार्टी प्यालेसमा बेहुली हेर्नेको ताँती थियो । एउटै हलमा २० जना बेहुली एकसाथ निस्कँदा बेहुला भने कोही थिएन । यी बेहुलीहरु बेहुला पर्खेर बसेका भने थिएनन् । उनीहरु त सौन्दर्य ब्युटिपार्लरको आयोजनामा भइरहेको ब्राइडल मेकअप प्रतियोगितामा भागलिन सजिएर बसेका थिए ।

एक महिनासम्म सौन्दर्य ब्युटिपार्लरमा श्रृंगार सम्बन्धि तालिम लिएका २० जना ब्युटिसियनहरुले २० जना मोडलहरुलाई बेहुली बनाएर प्रतियोगितामा भाग लिएको सौन्दर्य ब्युटिपार्लरकी सञ्चालिका उमा कट्वालले बताइन् । यस्ता कार्यक्रमले महिलाहरुलाई स्वरोजगार बनाउन सहयोग गर्ने र घरेलु हिंसा कम हुने उनको विश्वास छ ।

ब्राइडल मेकअप प्रतिस्पर्धामा प्रथम, द्धितिय र तृतीय हुने प्रतियोगीलाई पुरस्कृत गरिएको छ । बेहुली भएका मोडलहरुले र्याम्प समेत प्रस्तुत गरेका थिए । बिर्तामोड नगरपालिकाका उपमेयर पबित्रा महत्तराको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाई नेचर इसेन्स कलर, इसेन्स कस्मेटिक कम्पनीले प्रायोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।