Nic

आईपीएल क्रिकेटः पञ्जाबको जित, खेलाडी र फ्यानसँग प्रिति

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत सोमबार भएको खेलमा किंग्स इलावेन पञ्जाब विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा पञ्जाबले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको हो ।

१ सय ५१ रनको विजयीलक्ष्य पछ्याएको पञ्जाबले ४ विकेट गुमाएर १ बल बाँकी छँदै लक्ष्य पूरा गर्यो । उसका लागि लोकेश राहुलले सर्वाधिक ७१ रनको योगदान गर्दै अविजित रहे । यस्तै मयंक अग्रवाल ५५, क्रिस गेल १६, डेभिड मिलर १ र मन्दीप सिंह २ रनमा आउट हुँदा श्याम करन भने ५ रन खेल्दै अविजित रहे । बलिङतर्फ हैदराबादका सन्दीप शर्माले दुई तथा रशिद खान र सिद्धार्थ कौलले एक–एक विकेट लिए ।

त्यसअघि मोहालीको पञ्जाब क्रिकेट एशोसियसनको आइएस ब्रिन्दा स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । हैदराबादका लागि डेभिड वार्नरले सर्वाधिक ७० रन बनाएर अविजित रहे । यस्तै जोनी बरिष्ठो १, विजय शंकर २६, मोृहम्मद नाबी १२, मनिष पाण्डे १९ रन बनाएर आउट हुँदा दीपक हुड्डा भने १४ रन बनाएर अविजित रहे । बलिङतर्फ पञ्जाबका रविचन्द्र अश्विनलले दुई विकेट लिए भने मुजिब रहमान र मोहम्मद सामीले समान एक–एक विकेट लिए ।

प्रतियोगितामा ७१ रन बनाएका पञ्जाबका कप्तान लोकेश राहुल प्लेयर अफ द म्याच भए । जितपछि खेलाडीहरुको हौसला बढाउन नायिका एवं किंग्स इलावेन पञ्जाबकी ओनर प्रिती जिन्टा मैदानमा पुगेकी थिइन् र यस्तै उनले खेलाडीसँगै फ्यानहरुसँग पनि समय बिताएकी थिइन् ।

आजको खेल
प्रतियोगिता अन्तर्गत आज डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपरकिंग्स र कोलकत्ता नाइट राइडर्सबीचको खेल हुनेछ । खेल बेलुकी सवा ८ बजे चेन्नाईको घरेलु मैदानमा हुनेछ । यसअघि चेन्नाई र कोलकत्ता पाँचपटक आमनेसामने हुँदा तीनपटक चेन्नाईले जितेको छ भने दुईपटक कोलकत्ताको पल्लाभारी भएको छ । चेन्नाई महेन्द्रसिंह धोनीको कप्तानीमा मैदान उत्रँदा कोलकत्ता भने दिनेश कार्तिकको कप्तानीमा रहनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

राष्ट्रपती विद्यादेवी भण्डारीले २५६३ औ बौद्ध जयन्ती तथा ‘लुम्बनी भ्रमण वर्ष २०७६’को शुभारम्भ गर्नुभएको छ ।

अध्यक्ष लामाले १९५५ मा पहिलो पटक मानिसले सगरमाथा टेकेको स्मरण गर्दै सोही बेलादेखि सगरमाथा प्रदुषित हुन थालेको बताउनुभएको छ ।

प्रधानमन्त्री बुद्धजयन्तीको लागि हिजो नै लुम्बिनी जानुभएकाे छ भने,  राष्ट्रपतिको आज लुम्बिनी जाँदै हुनुहुन्छ । 

वलान विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतको घरमा प्रेसर कुकर बम विस्फोट भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश राष्ट्रिय एकताका लागि मार्गदर्शन हुने बताउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी भन्नासाथ पुरुष त्यसमा पनि अलि कडा स्वभाव र जुङा भएको पुरुष मात्रै हुन्छन् भन्ने सोचाई अधिकांश मानिसमा…