Logo बैशाख ६, २०७८ सोमबार


सुत्केरी श्रीमतीमाथि निर्घात कुटपिट, टाउकोमा ३१ टाँका

काठमाडौं । फलेवास नगरपालिका–२ थापाठाना खनारका ३० वर्षीय मदन नेपालीले ३३ वर्षीया श्रीमती मुना नेपालीलाई निर्घात कुटपिट गरेका छन् । आइतबार बिहान सुत्केरी भएकी मुनालाई राति ९ बजेतिर मदनले चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारबाट मुनाको टाउकोमा गहिरो चोट लागेको छ ।मुनालाई छिमेकीको सहयोगमा राति नै जिल्ला अस्पताल लगिएको थियो ।

थप उपचारका लागि उनलाई सोमबार दिउँसो पोखरा लगिएको छ । उनको टाउकोमा ३१ टाका लगाइएको उपचारमा संलग्न स्वास्थ्यकर्मी जानकी शर्माले बताइन् । ‘टाउकोमा गहिरो घाउ छ । सिटिस्क्यानका लागि पोखरा पठाइएको हो,’ उनले भनिन् । पर्वत जिल्ला अस्पतालमा सिटिस्क्यान सेवा नभएकाले पोखरा पठाइएको उनले बताइन् ।

मदनले रक्सीको सुरमा सुत्केरी श्रीमती माथि हातपात गरेका हुन् । रक्सीले मातेर राति घर आएका र एक्कासि हातपात गरेको मुनाले बताइन् । ‘कुटपिट त अरू वेला पनि गर्थे, सुत्केरी भएकै अवस्थामा त्यसो गर्लान् भन्ने सोचेकी थिइन् । तर, शिशु लिएर बसेकै अवस्थामा चिर्पटले टाउकोमा हाने,’ उनले रुँदै भनिन् । कुटपिट हुँदा घरमा अरू कोही नभएको उनले बताइन् । समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।