Logo बैशाख २, २०७८ बिहीबार


कविता: पत्रकारलाई एक जोर जुत्ता

बिस्तरामा फूल र माथि तपाईं
यो तपाईंको पहिलो रमाइलो रात होला !
र, तपाईं तल अनि माथि फूल
यो तपाईंको अन्तिम दिन हुनेछ

सबै भन्छन् घरमा
बच्चाले टिभी बिगार्यो
तर तपाईं कहिले भन्नुहुन्छ ?
टिभीले बच्चा बिगारिरहेको छ ।

रामान

टेलिभिजनको अनेक किस्सा छन्
मेरी एउटी साथी छे
कहिलेकहीँ म उसँग बोल्दिनँ
उसले चोकहरुमा भनेको सुन्छु
ओइ मलाइ चिन्दैनौ ?
साथीहरु नादानी देखाउँछन्
अहँ चिन्दिनँ
ऊ फेरि भन्छे, मलाई चिन्दैनौ ?
दुनियाँ भन्छः अहँ चिन्दिनँ
ऊ गर्वका साथ भन्छे
अरे यार ‘टिभी’मा आउँछु
तब दुनियाँ भन्छः
हो र, हामी त सधैँ ‘नेपाल यातायात’मा आउँछौँ

हो, टिभीमा अचेल दुईजनाको खुब नाम आउँछ
मसँग पनि धेरैले फोनमा भन्छन्
लामिछानेको नम्बर छ ?
धमलाको नम्बर छ ?
भन्छु, उनीहरुलाई पनि एकदिन सोधिहेर
उनीहरुसँग मेरो नम्बर छ ?

उसै पनि अचेल टिभी कसले हेर्ने
पहिला समाचारमा अलि अलि विज्ञापन आउँथ्यो
अचेल विज्ञापनको छेउछाउमा अलिअलि समाचार आउँछ
न्युज च्यानल भन्छन्
विज्ञापन च्यानल चलाउँछन्
त्यही च्यानलमा पत्रकारले
स्ट्याटस लेखेर भन्छन्ः तलब नपाएको ३ महिना भयो
धन्न विज्ञापन आइरहेको छ,
समाचार मात्रै चलाउन थाले भने ती
च्यानलहरुले कति महिनामा देलान् तलब ?

भृकुटीमण्डपमा जुत्ता मेला थियो
छिरेँ, किन्ने औकात नभए पनि
महँगा जुत्तामा
खुट्टा छिराएँ
पसलेले सोध्यो के गर्नुहुन्छ ?
भनेः कवि हुँ, पत्रकार हुँ ।
पसलेले भन्योः कवि र पत्रकारलाई जुत्ता किन्नु पर्छ र ?
सोधेँः किन ?
उसले भन्योः तपाईंहरुले सुनाउने कविता र समाचारपछि
जनताले यत्तिकै जुत्ता हान्दा हुन्
हप्तामा एकजोर त नम्बर पनि मिल्दो हो !

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।