Logo बैशाख १, २०७८ बुधबार


हावाहुरीले लाखौंको क्षति, एकको मृत्यु

प्रिमेश शिवाकोटी
रौतहट ।
हावाहुरीसँगै आएको असिना पानीले लाखौंको क्षति गरेको छ । हावाहुरीकै कारण एकजनाको ज्यान समेत गएको छ । रौतहटको देवाही गोनाही नगरपालिका ३ की ६० वर्षीय रामखसी देवी चमईनको ज्यान गएको छ । हावाहुरीले घरको छानो उडाउँदा टालीले टाउकोमा चोट लागेपछि उनको ज्यान गएको परिवारका सदस्यहरुले बताएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले घरको छाना उडाएपछि चिसो पानीमा भिझेका कारण उनको ज्यान गएको हुन सक्ने बताउनुभयो । मंगलबार बिहानैबाट आएको हावाहुरी र असिना पानीका कारण जिल्लाका किसानले लगाएको मकै, गहँु, आँप र लिचीमा ठुलो क्षति पुगेको छ । बिहानैबाट परेको असिना पानी र हुरीले जिल्लाको बृन्दावन नगरपालिकामा मात्र किसानले लगाएको सयौँ बिघाहको गहँु र मकै बाली नष्ट गरिदिएको स्थानीय बासिन्दाले बताएका छन् । हावाहुरीसँगै असिनापानीबाट जिल्लाको परोहा नगरपालिकाको १, २, ३ र ४ मा पर्ने दलित बस्तीका पचास भन्दा बढी घरको छाना उडाएको छ ।

वृन्दावन नगरपालिकाको खैरा र रमौली वैरियामा पनि हावाहुरीले क्षति पु¥याएको छ । घरको छाना खस्दा रमौलीमा ६३ बर्षका तिलक सहनी घाइते भएका छन् । देवाही गोनाही, गौर नगरपालिका, राजदेवी नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, राजपुर नगरपालिकासहितको विभिन्न गाउँहरुमा हावाहुरीसंगै आएको असिना पानीले घर, अन्नबाली गहु, मकै, आप, लिचिलगायतमा निकै क्षति पु¥याएको एसपी खत्रीले जानकारी दिनुभयो ।

हावाहुरीको अत्याधिक वेगका कारण गौर भन्सार कार्यालयको फलामको वैरियर समेत भाँचिएको छ भने इँटा उद्योगमा पोल्न तयार पारिएको लाखौंको काँचो इँटा नष्ट भएको व्यवसायीहरुले बताएका छन् । क्षतिको एकिन विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…