Logo बैशाख ६, २०७८ सोमबार


‘देउवाले मेरो अपमान गर्नुभयो’


काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई अपमान गरेको गुनासो गर्नुभएको छ ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमम नेता सिटौलाले पार्टीभित्र विभाग गठनमा समेत भागबन्डा भएको उल्लेख गर्नुभयो । ‘इमान्दार, सक्षम व्यक्तिलाई किनारामा राखेर कसरी पार्टी चल्छ’ उहाँले भन्नुभयो, ‘सभापतिजीले विभाग गठनमा आफ्ना पकेटका मान्छेलाई मात्र जिम्मेवारी दिनुभएको छ । त्यसमा मेरो अपमान गरिएको छ । नेतृत्वले नै यस्तो गरेपछि पार्टी कसरी चल्छ ?’

नेता सिटौलाले संवैधानिक आयोगको नियुक्तिमा सरकारले संविधान र कानुन मिच्दा नेपाली कांग्रेसले त्यसको विरोध गर्न नसको भन्दै सभापति देउवाको कडा आलोचना गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…