Logo मंसिर १४, २०७७ आइतबार


सवारी दुर्घटनामा तीनजनाको मृत्यु

लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका– १३ भोटियाटोल चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

बिस्कुट बोकेर जाँदै गरेको ना ३ ख ७७७४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको स ९ प ७३७८ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिएको हो ।

ठक्करबाट मोटरसाइकलमा सवार लहान नगरपालिका–४ निवासी २६ वर्षीय कृष्णा सहनी, २६ वर्षीय शिवकुमार सहनी र २५ वर्षीय मनोज मण्डलको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको छ । फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

'सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैं निर्धारण गर्नुपर्छ ।'