Nic

आइपीएलः चेन्नाईको जित, स्टेडियमममा शाहरुख र साक्षीको पोज (९ तस्बिर)

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत मंगलबार सम्पन्न खेलमा चेन्नाई सुपरकिंग्सले जित निकालेको छ । डिफेन्डिङ च्याम्पियन चेन्नाईले कोलकत्ता नाइट राइडर्समाथि ७ विकेटको जित निकालेको हो ।

कोलकत्ताले दिएको १ सय ८ रनको झिनो लक्ष्य चेन्नाईले १६ बल बाँकी छँदै ३ विकेट गुमाएर भेट्टायो । चेन्नाइका लागि सेन वाट्सन १७, सुरेश रैना १४, अम्बाती राइडु २१ रन बनाएर पेभेलियन फर्कदा फाप डुप्लेसी ४३ र केदार जाधव ८ रन नटआउट रहे । बलिङतर्फ कोलकत्ताका सुनिल नराइनले २ तथा पियुस चावलाले १ विकेट लिए ।

त्यसअघि चेन्नाईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । कोलकत्ताका लागि आन्द्रे रसलले सर्वाधिक ५० रन नटआउट खेले । त्यसैगरी दिनेश कार्तिक १९ र रोविन उथप्पाले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । बलिङतर्फ चेन्नाईका दीपक चहरले तीन, हरभजन सिंह र इमरान ताहिरले समान दुई–दुई र रवीन्द्र जडेजाले एक विकेट लिए ।

जितसँगै चेन्नाई अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ४ ओभरमा २० रन खर्चिएर तीन विकेट लिएका चेन्नाईका दीपक चहर म्यान अफ द म्याच भए । खेल हेर्नका लागि कोलकत्ता नाइटराइडर्सका ओनरसमेत रहेका शाहरुख खान पनि स्टेडियम पुगेका थिए । यस्तै चेन्नाइ सुपरकिंग्सका कप्तान महेन्द्रसिंह धोनीकी पत्नी साक्षी पनि स्टेडियम पुगेकी थिइन् ।

आजको खेल
प्रतियोगिता अन्तर्गत आज मुम्बई इंडियन्स र किंग्स इलावेन पञ्जाबबीचको खेल हुँदैछ । खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजे मुम्बईमा हुनेछ । पञ्जाबले यसअघि खेलेका ६ मध्ये ४ खेलमा जित निकाक्लै अंकतालिकको तेश्रो स्थानमा रहँदा उता मुम्बई भने ५ खेलमा तीनमा जित निकालेर तालिकाको पाँचौ स्थानमा छ । मुम्बई र पञ्जाबको यसअघि भएको पाँचखेलमा मुम्बईले तीनपटक जितेको छ भने पञ्जाब दुईपटक विजयी भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– समस्यामा दिन बित्नेछ, काम अधुरो हुनेछ । वृष– धेरै खर्च हुनेछ , यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

मेष – राजनीतिको लाभ मिल्नेछ । काममा प्रशंसा पाइनेछ । राजनीतिक क्षेत्रबाट फाइदा लिन सकिनेछ । साताको मध्यमा राम्रो आम्दानी…

राष्ट्रपती विद्यादेवी भण्डारीले २५६३ औ बौद्ध जयन्ती तथा ‘लुम्बनी भ्रमण वर्ष २०७६’को शुभारम्भ गर्नुभएको छ ।

अध्यक्ष लामाले १९५५ मा पहिलो पटक मानिसले सगरमाथा टेकेको स्मरण गर्दै सोही बेलादेखि सगरमाथा प्रदुषित हुन थालेको बताउनुभएको छ ।

प्रधानमन्त्री बुद्धजयन्तीको लागि हिजो नै लुम्बिनी जानुभएकाे छ भने,  राष्ट्रपतिको आज लुम्बिनी जाँदै हुनुहुन्छ । 

वलान विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतको घरमा प्रेसर कुकर बम विस्फोट भएको छ।