Logo बैशाख ६, २०७८ सोमबार


८६ वर्षीया वृद्धाले भनिन्, ‘…अब रक्सी र मासु खान्छु’

काठमाडौैं । १९९० सालमा जन्मिएकी साइपाल गाउँपालिका–४ की फुर्पुमालु बोहराले ८६ वर्षको उमेरमा घरमै नागरिकता प्राप्त गरेकी छन् । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसहितको टोलीले दुर्गम मानिने साइपाल गाउँपालिका धुलीमा बोहराको घरमै पुगेर नागरिकता दिएका हुन् ।

हिँडडुलुसमेत गर्न नसक्ने बोहराले घरमै नागरिकता पाएपछि खुसी भएकी छन् । यहाँका वृद्धवृद्धा अपांगता भएका व्यक्तिलाई घरमै विभिन्न सेवा दिने उद्देश्यले साइपाल गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा घुम्ती शिविरको आयोजना गर्दै प्रमुख जिल्ला अधिकारी सुनारसहितको टोलीद्वारा घुम्ती शिविर सञ्चालन गरिएको थियो ।

घरमै नागरिकता पाएपछि आफू देशको नागरिक भएको अनुभूति भएको बताउदै फुर्पुलाम बोहराले प्रमुख जिल्ला अधिकारीसहितको टोलीलाई धन्यबादसमेत व्यक्त गरिन् । बूढेसकालमा नागरिकता मात्रै बनाउन सके हुन्थ्यो भन्ने लागेको बोहराले बताइन् । उनले भनिन्, ‘मसँगका धेरैजस्तो साथीसंगी नागरिकतै नपाइ मरे मेरो पनि त्यस्तै हालत होला भन्ने सोचेकी थिएँ ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले नागरिकता पाएर दंग भएकी बोहरालाई अब नागरिकता भइसक्यो सामाजिक सुरक्षा भत्ता पाउनुहुन्छ, उक्तरकले के गर्नुहुन्छ ? उत्तरमा बोहराले सो पैसाले रक्सी र मासु खाने बताइन् । समाचार राजधानी दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।