Logo बैशाख १, २०७८ बुधबार


आईपीएलमा सट्टाबाजी : खातापातासहित ६ पक्राउ

काठमाडौं । भारतमा जारी इण्डियन प्रियमर लिग (आईपीएल) को नाममा सट्टाबाजी खेलाउनेसहित ६ जना भैरहवाबाट पक्राउ परेका छन्।

भैरहवाको कालिका पथस्थित प्रनिशकुमार चौधरीको घरमा सट्टाबाजी र तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए। आईपीएलको सट्टाबाजी हुने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको हो।

स्रोतका अनुसार प्रहरीले चौधरीको घरबाट ३ खाता, लेजर बरामद गरेको छ। जसमा सट्टाबाजी खेल्ने व्यक्तिको नाम, प्रतियोगिता भएको टिमको नाम, विजयी टिमको नाम, सम्बन्धित टिमलाई दिएको रकम, रन, सट्टा लगाएको रकम, लिएको रकम, नगद, उद्यारोलगायत सट्टाबाजीको पूर्ण विवरण उल्लेख छ। बरामद लेजरमा एउटा टिमको खेलमा लाखौँ रुपयाँको सट्टाबाजी हुने गरेको देखिएको छ।

पक्राउ पर्नेहरुमा घरधनी सिद्धार्थनगर नगरपालिका १२ का प्रनिशकुमार चौधरी, सिद्धार्थनगर नगरपालिका ७ का पुरुषोत्तम रेग्मी, मायादेवी गाउँपालिका ८ का अर्जुन सुनार, सोही स्थानका रामेश्वर कोइरी, अमृत विक, यमबहादुर कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं डिएपी धर्मराज भण्डारीले बताए।

उनले पक्राउ परेका व्यक्तिको साथबाट करिब ९० हजार रुपैयाँ बरामद भएको बताए। लेजर नै बनाएर गरेर निकै व्यवस्थित सट्टाबाजी खेलाउने गरेको पाइएको छ डिएसपी भण्डारीले भने, ‘अहिले हामीले अनुसन्धान गरिरहेका छौँ।’ समाचार अन्नपूर्ण पोस्ट दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…