काठमाडौं । राजधानीबाट प्रकाशित पत्रपत्रिकाले विभिन्न विषयलाई प्राथमिकता दिएर समाचार छापेको छ ।
मंगलबार जनतासमाचार डटकममा सर्वोच्च अदालतले एनसेललाई कर तिर्नको लागि दिएको आदेश, सरकारी चिकित्सकहरुको आन्दोनले विरामीलाई मर्का परेको लगायतका राजनीतिक, सामाजिक, आर्थिक, मनोरञ्जनात्मक र अन्तर्राष्ट्रिय प्रसङ्गलाई समेटेर समाचार प्रकाशित गरेको थियो ।
राजधानी दैनिकले ‘एनसेलसँग तीन महिनाभित्र लाभकर उठाउनू’ शीर्षकमा समाचार छापेको छ । समाचारमा एनसेलबाट ६० अर्ब ७१ करोडभन्दा बढी कर असुल हुने उल्लेख गरिएको छ । यस्तै निजी विद्यालयको मनपरी शीर्षककमा लेखिएको समाचारमा विद्यार्थी र अभिभावकलाई बिभिन्न विषयलाई लिएर आर्थिक शोषण गर्ने गरेको उल्लेख छ । त्यसैगरी कांग्रेसभित्रको समाचार प्रकाशित गरेको राजधानी दैनिकले ललिता निवासको १ हजार २ सय ९८ रोपनी जग्गाको अवस्था अन्योल रहेको विषयलाई पनि पहिलो पृष्ठमा समेटेर समाचार लेखेको छ । बजेट अभावले गैँडा गणनाको काम पनि अन्योलमा रहेको प्रसङ्ग पनि पहिलो पृष्ठमा छ ।
नयाँ पत्रिका दैनिकले ‘तीन सय पचास स्थानीय तहको लेखा अवरुद्ध’ शीर्षकको समाचार छापेको छ । समाचारमा समायोजनले स्थानीय तहमा कर्मचारी अभाव भएको र वर्षको अन्तिममा विकासको भुक्तानी र कर्मचारीको तलब रोकिएको प्रसङ्ग समेटिएको छ । यस्तै डाक्टरहरुको आन्दोनलका गतिविधिलाई झन् चर्को बनाएपछि प्रधानमन्त्री र मन्त्रीबीच छलफल भएको पत्रिकामा उल्लेख छ । यस्तै एनसेलबाट तीन महिना भित्र कर उठाउन सर्वोच्चको आदेश दिएको समाचार पनि पत्रिकाले छापेको छ । साथै कर नतिरेसम्म लाभांश वितरण र सेयर विक्रीमा समेत रोक लगाउन सर्वोच्चले आदेश दिएको छ । त्यस्तै ६४ वर्षपछि सगरमाथाको उचाई फेरि नाप्न लागेको समाचार पनि पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।
कान्तिपुर दैनिकले ५ दिनदेखि सरकारी अस्पताल ठप्प भएता पनि यसप्रति सरकार गम्भीर नभएको प्रसङ्गलाई उठान गर्दै समाचार छापेको छ । समाचारमा डाक्टरले कर्णाली नरोजेको विषयलाई पनि समेटेको छ । त्यसैगरी समायोजनमा समस्यै समस्या शीर्षकको पनि समाचार पनि पत्रिकाले पहिलो पृष्ठमा छापेको छ । यस्तै सर्वोच्चले एनसेलबाट तीन महिनाभित्रै कर उठाउन आदेश दिएको समाचार पनि कान्तिपुरको पहिलो पृष्ठमा छ ।
‘भुक्तान नगरेसम्म सेयर बेच्न रोक’ शीर्षकको एनसेलको लोगोसहितको समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ । जसमा सर्वोच्च अदालतले एनसेललाई लाभकर तिर्नको लागि दिएको आदेशबारेको समाचार प्रकाशित छ । यस्तै चिनी उद्योगीहरुले किसानलाई ठगेको समाचार पनि आजको नागरिकमा छ । समाचारमा किसानको आठ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्रसङ्गलाई समेटिएको छ ।
कारोबार दैनिकले मलेसियाका लागि अनुमति पाएको समाचार प्रकाशित गरेको छ । समाचारमा कलिङ भिसाा आएकालाई मलेसिया जान अनुमति दिइएको प्रसङ्ग समेटिएको छ । यस्तै राजधानीबाट नजिक रहेको ६ हजार १ सय ५१ मिटर उचाइको जुगल हिमालमा पहिलोपटक मानव पाइला टेकिएको समाचार पनि कारोबार दैनिकले पहिलो पृष्ठमा छ ।
अन्नपूर्ण पोस्ट् दैनिकले ‘लथालिंग सत्ता–विपक्षी’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । समाचारमा नेकपामा नेतैपिच्छे गुट र कांग्रेसलाई भागवण्डाले अलपत्र पारेको प्रसङ्ग समेटिएको छ । यस्तै सर्वसाधारणको उपचारको लागि सरकारी चिकित्सकहरु काममा नफर्किएको समाचार प्रकाशित गरेको अन्नपूर्ण पोस्ट्ले राज्यकै अनुमतिमा धर्म प्रचार भएको विषयलाई पनि समेटिएको छ । केहि आईएनजीओले सबै हिन्दुलाई पादरी बनाउने मिसन लिएर काम गरिरहेको सत्तापक्षका सांसद् विरोध खतिवडा बताउनुहुन्छ ।