हनिमुनमै पतिकाे यस्तो हर्कत, पत्नीले दिइन् डिभोर्स

काठमाडौं । संयुक्त अरब इमिरेट (दुबई)मा एक नवविवाहित महिलाले आफ्नो पतिको एउटा बानीबाट आजित भएर अदालतमा डिभोर्सको निवेदन दिएकी छन् ।

खालीज टाइम्सको रिपोर्टअनुसार, हनिमुनमा गएकी महिलाले दुबईमा आफ्नो कञ्जुस पतिसँग डिभोर्सको लागि अदालतमा निवेदन दिएकी हुन् ।

उनीहरुको विवाह भएको तीन साता मात्रै भएको छ । विवाहपछि मात्र पत्नीले उनको पति कतिसम्म कञ्जुस छ भन्नेकुरा थाहा पाएको समाचारमा उल्लेख छ ।

महिलाका अनुसार, उनको पतिले विवाहपछि एक दिराम (दुबईको मुद्रा)पनि खर्च गरेको छैन । पतिले एक दिरामपनि खर्च नगरेपछि हैरान भएर पत्नीले डिभोर्स दिन बाध्य भएकी हुन् ।

आफूभन्दा आफ्नो पति १३ वर्ष कान्छो भएको महिलाले अदालतमा बताएकी छन् । साथै पतिले बिवाहको पहिलो दिनबाट नै पानी, बिजुली र गृहस्थीको खर्च धान्नको लागि भनेको महिलाको भनाइ छ ।

महिलाले घरको पूरै फर्निचर पनि आफ्नै पैसाले किनेकी थिइन् । यी सबै गरिसक्दा पनि पतिले आफूलाई नजरान्दाज गरेकोले आफू डिभोर्स दिन बाध्य भएको महिलाले बताइन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी चयन हुनुभएको छ ।

राजविराजमा कोठा तोडफोड गर्ने युवाको रिहाइ गर्न प्रदर्शन भएकाे छ ।

राजविराजमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन् ।