Logo बैशाख २, २०७८ बिहीबार


तिर्थयात्री चढेको गाडी दुर्घटना, ११ घाइते

बसन्त लिम्बू
ताप्लेजुङ ।
पाथीभरा दर्शन गरेर फर्किएका तिर्थयात्री चढेको पिक अप भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ, भने ६ जनाको सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । गम्भीर घाइते हुनेमा ५४ वर्षीय मोतिमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, ८ वर्षीय निशान आचार्य, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल र ३८ वर्षीया लक्ष्मी सिग्देललाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि बाहिर रेफर गरिएको छ । घाइते सबै बारा निजगढका हुन् ।

बाँकी ६ जनाको जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको छ । मे १ ज १४८६ नं को पिकअप भ्यान मंगलबार राति ९ः५० बजे सुकेटार विमानस्थल नजिकै दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…