इजरायलमा मतदान : कसैको पनि स्पष्ट जित नहुने

काठमाडौं । मतदान गरेर बाहिर निस्किएका मतदातासँग गरिएको सर्वेक्षणले इजरायलमा कसैको पनि स्पष्ट जित नहुने देखाएको छ ।
निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका निकटतम प्रतिस्पर्धी बेन्नी ग्यान्टस् दुवैले आफूले जित्ने दाबी गरेका छन् ।
भूतपूर्व सेनाप्रमुख ग्यान्टस्को मध्यपमार्गी ब्लू एन्ड ह्वाइट गठबन्धनले ३६ वा ३७ सीट जित्ने देखाएको छ भने प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टीले ३३ देखि ३६ स्थान ल्याउने सर्वेक्षणहरूले देखाएका छन् ।
दुईवटा मतसर्वेक्षणहरूले नेतान्याहुसँग समर्थित दक्षिणपन्थी पार्टीहरू मिलेर सत्ता गठबन्धन गर्ने सम्भावना देखाएको बीबीसीले जनाएको छ ।