Logo बैशाख ६, २०७८ सोमबार


‘मदन भण्डारी स्वास्थ्य प्रतिष्ठान’ गठन गर्न विधेयक पेश

हेटौंडा । प्रदेश ३ मा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गर्न सरकारले प्रदेश सभामा विधेयक पेश गरेको छ ।

हेटौंडा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न सरकारको तर्फबाट सामाजिक विकास मन्त्री युवराज दुलालले मँगलबारको प्रदेश सभाको बैठकमा विधेयक पेश गर्नुभएको हो ।

१ सय २० बेड क्षमताको हेटौंडा अस्पताललाई नै स्तरोन्नति गरेर प्रतिष्ठान सञ्चालन गर्ने सरकारको लक्ष्य छ । ७० शैया विस्तारका लागि संघीय सरकारले २८ करोड १६ लाख रकम बराबरको ठेक्का लगाएर अस्पतालको भौतिक निर्माणको कार्य शुरु भएको छ ।

विधेयकमा प्रतिष्ठानले स्वास्थ्य विज्ञानसम्बन्धी विभिन्न विषय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने उद्देश्यले आवश्यकताअनुसार शैक्षिक संस्थाको स्थापना गर्न सक्ने प्रस्ताव गरेको छ । प्रस्तावित ऐन बमोजिम आरक्षण वा छात्रवृत्तिमा अध्ययन गरेको विद्यार्थीले प्रतिष्ठानले प्रदेशभित्रको पिछडिएको वा दुर्गम क्षेत्रमा तोकेको अवधिभर काम गर्नुपर्ने उल्लेख छ ।

बैठकमा प्रादेशिक व्यापार व्यवसाय सम्बन्धमा व्यवस्थागर्न बनेको बिधेयक, प्रदेश बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रादेशिक कृषि व्यवसाय प्रबद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक सभामा प्रस्तुत गरिएको छ । फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।