मेष– यात्राको अवसर मिल्नेछ । वैदेशिक काममा फाइदा मिल्नेछ । जेठदेखि कार्तिकसम्म आर्थिक समस्या आउनेछ । कार्तिकदेखि उपरान्त व्यवसायमा फाइदा मिल्नेछ । धार्मिक यात्रा हुनेछ एवं पारीवारिक ज्येष्ठ सदस्यको स्वास्थ्य अवस्था बिग्रिनेछ । वैदेशिक कामबाट राम्रो धन, सञ्चय हुनेछ । कृषि एवं पशुपालनबाट फाइदा हुनेछ । असार, असोज महिना व्यवसायका हिसाबले राम्रो हुनेछ । फागुन महिनामा भने सरकारी एवं राजनीतिक क्षेत्रमा पहुँच मिल्नेछ ।
वृष– फागुन ४ गतेसम्म अढैया शनिको दशा रहनेछ । वैशाख र जेठ महिना आर्थिक रुपमा कमजोर रहनेछन् । मुद्दा मामिला बेहोर्नुपर्नेछ । स्वास्थ्यमा धनराशी खर्च हुनेछ । कुटुम्बसँग सम्बन्ध टुट्नेछ । असार साउनदेखि कार्तिकसम्मको महिना व्यवसायिक दृष्टिले राम्रो हुनेछ । प्रायः आर्थिक झमेला बढी आउनेछ । जीवनसाथीको स्वास्थ्यमा धन खर्च हुनेछ । सञ्चित धनको क्षय हुनाले व्यवसायमा मन्दि आउनेछ ।
मिथुन– फागुन ४ गतेदेखि अढैया शनि दशा प्रारम्भ हुनेछ । वर्षको सुरुमा लगानी बढ्नेछ । वैदेशिक कारोबार एवं दुर देशको यात्राको संयोग बन्नेछ । व्यवसायिक रुपमा कार्तिक पछिका महिना बढी फलदायी देखिन्छन् । साझेदारी व्यवसायमाभने मनमुटाव आउने एवं कारोबार छुट्न सक्नेछ । वैवाहिक सम्बन्ध एवं प्रेममा समस्या आउनाले मुद्दा मामिलाको झमेला बेहोर्नुपर्नेछ । सामान्य तया भदौ, मंसिर महिनामा नयाँ अवसर प्राप्त हुनेछ ।
कर्कट– वैदेशिक काममा लगानी हुनेछ । चोटपटकको समस्या आउनेछ । जेठदेखि कार्तिक सम्मको समय आम्दानीको हिसाबले राम्रो हुनेछ । कार्तिक उपरान्त भने ऋणको भार बढ्ने एवं अध्ययनको परिणाम कमजोर हुनेछ । सन्तानको स्वास्थ्यमा खर्च गर्नुपर्ने एवं वर्षको अन्त्यतिर वैदेशिक व्यापारमा फाइदा मिल्नेछ । विशेषगरी असोज, पुस एवं जेठ महिना फलदायी रहनेछन् ।
सिंह– अध्ययनले फड्को मार्नेछ । सन्तानको प्रगति हुनाले आम्दानीको स्तर बढ्नेछ । कार्तिकसम्म आर्थिक भार बढ्ने एवं मंसिरदेखि भने अध्ययनमा सफलता मिल्नेछ । खानी, वनस्पति एवं प्राकृतिक वस्तुहरुको कारोबारबाट फाइदा मिल्नेछ । शिक्षा क्षेत्रमा लगानी हुनाले प्रतिष्ठामा वृद्धि हुनेछ । मंसिर महिना एवं चैत्र महिना स्वास्थ्यको लागि खराब रहनेछन् । असार, कार्तिक एवं माघ महिना व्यवसायको हिसाबले उत्तम रहनेछन् ।
कन्या –फागुन ४ गतेसम्म अढैया शनि दशा रहनेछ । सामाजिक प्रतिष्ठामा गिरावट आउनेछ । पारीवारिक झैझडा बढ्नाले पति पत्नि बीच सम्बन्धमा दरार आउनेछ । साझेदारी काममा मित्रबाट धोकाको सामना गर्नुपर्नेछ । बासस्थान परिवर्तन हुने एवं जग्गा जमिनको कारोबारमा विवाद आउनेछ । स्वास्थ्यको हिसाबले भदौ एवं पुस महिना खर्चिला रहनेछन् । व्यावसायिक दृष्टिले साउन, मंसिर एवं फागुन महिना राम्रा रहनेछन् ।
तुला– फागुन ४ गतेपछि अढैया शनि दशा शुरु हुनेछ । नयाँ व्यवसायमा लगानी हुनेछ । साथी भाइको सहयोगमा ठूला काममा पहुँच मिल्नेछ । छाति एवम हातमा सामान्य चोटपटक हुन सक्नेछ । दाजुभाइको सम्बन्धमा भने खराबपना बढ्नेछ । वैदेशिक क्षेत्रमा भने राम्रो फाइदा हुनेछ । पारीवारिक सदस्यमा अचानक स्वास्थ्य बाधा आउनाले आर्थिक कठिनाई बढ्नेछ । तुलनात्मक रुपमा जेठदेखि कार्तिकसम्मको समय आर्थिक रुपले सबल रहनेछ । स्वास्थ्यको दृष्टिकोणले जेठ एवं माघ महिना कमजोर देखिन्छ । व्यवसायको हिसाबले भदौ, पुस एवं चैत्र महिना रहनेछन् ।
वृश्चिक– फागुन ४ गतेसम्म अन्त्य साँढेसाती दशा रहनेछ । धन सम्पतिमा विवाद आउनेछ । छर छिमेक एवं कुटुम्बसँगको सम्बन्ध बिग्रिनेछ । मुद्दा मामिला खेप्नुपर्ने एवं शारीरीक चोटपटकको भय देखिनेछ । मान हानीको सम्भावना एवम धन सम्पतिको कारोबारमा रोकावट हुनेछ । सामान्य हिसाबले कार्तिक उताको समय बढी राम्रो देखिन्छ । स्वास्थ्यको दृष्टिकोणले असार एवं कार्तिक महिना खराब रहनेछन् । सफलताको हिसाबले वैशाख, असोज एवं माघ महिना बढी राम्रा हुनेछन् ।
धनु– वर्षभरी मध्य एवं अन्त्य साँढेसाती दशा रहनेछ । पारीवारिक स्वास्थ्यमा खर्च बढ्नेछ । जिम्मेवारी थपिनाले नोकरीमा तनाव एवं सास्ती बेहोर्नुपर्नेछ । व्यावसायिक क्षेत्रमा आम्दानीको स्तर कमजोर हुनेछ । जेठदेखि कार्तिकसम्मको समय बढी खर्चिलो रहनेछ । ऋण लिनुपर्ने अवस्था आउनेछ । प्रेमी प्रेमिकाबीच सम्बन्ध बिग्रिनेछ । मिलेमतोमा गरेको काममा विवादको सामना गर्नुपर्नेछ । शरीरमा चोटपटक लाग्ने एवम राजनीति क्षेत्रमा आलोचना बेहोर्नुपर्नेछ । स्वास्थ्यका हिसाबले साउन, मंसिर एवं चैत्र महिना कमजोर रहनेछन् । व्यवसायिक उन्नतिको दृष्टिमा भने जेठ, कार्तिक एवं फागुन महिना बढी फलदायी रहनेछन् ।
मकर– वर्षभरी आद्य र मध्य साँढेसाती शनिदशा रहनेछ । व्यवसायमा घाटा बेहोर्नुपर्नेछ । स्थान परिवर्तन हुनाले लगानी बढेर जानेछ । स्वास्थ्यको दृष्टिले यो वर्ष कमजोर खर्चिलो एवं तनावपूर्ण बन्नेछ । आर्थिक दृष्टिले वर्षको आधासम्म राम्रो भएतापनि कार्तिक पछिको समय ऋणको बोझ बढ्नेछ । राजनीतिमा पदच्युतको सम्भावना बलियो रहनेछ । स्वास्थ्यको दृष्टिकोणले भदौ एवं पुस महिना कमजोर रहनेछन् । व्यापारको दृष्टिमा भने असार, मंसिर एवं चैत्र महिनामा कारोबार राम्रो रहनेछ ।
कुम्भ आर्थिक दृष्टिमा यो वर्ष राम्रो रहनेछ । व्यापारमा गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सन्तानको भने चिन्ता बढ्ने एवं अध्ययनमा कमजोरीपना हुनेछ । हतारमा गरेको निर्णयले पछुताउनुपर्नेछ । जेठदेखि कार्तिकसम्मको समयमा रोजगारी एवं मानसम्मानको अवसर आउनेछ । सवारी साधन, जग्गा जमिन एवं धानु व्यवसायमा सफलता मिल्नेछ । अध्ययनमा भने धोका मिल्ने एवं असफलताको योग रहेको छ । स्वास्थ्यको दृष्टिमा जेठ, असोज एवं माघ महिना कमजोर रहनेछन् । प्रगतिको हिसाबले वैशाख, साउन एवं पुस महिना फाइदाकारक बन्नेछन् ।
मीन– दाम्पत्य जीवनमा समस्या आउनेछ । भाइबन्धु एवं पैतृक सम्पतिमा झमेला हुनेछ । बाध्यतावश स्थान परिवर्तन गर्नुपर्ने एवं ठूलो मानसिक आघात हुनसक्नेछ । पेटसम्बन्धी रोगले समस्या बल्झिनेछ । राजनीतिमा आलोचना हुनाले अवसर गुम्न सक्नेछ । वर्षको पुर्वाद्र्धमा भने व्यावसायमा फाइदा मिल्ने एवं राजनीतिक अवसर पाइनेछ । वर्षको उत्तराद्र्धमा भने व्यावसायमा मन्दीको सामना एवं पारीवारिक बोझ थपिनेछ । स्वास्थ्यको दृष्टिमा असार, कार्तिक महिना कमजोर रहनेछन् । आम्दानी एवं प्रगतिको हिसाबले जेठ, भदौ एवं माघ महिना बढी राम्रा हुनेछन् ।
प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी