काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
पूर्वप्रधानमन्त्री नेपाल ज्वरो तथा रूघाखोकीको कारण चैत २४ गते महाराजगंजस्थित शिक्षण अस्पताल भर्ना हुनुभएको थियो । ज्वरो तथा रूघाखोकी निको भएपछि अस्पतालबाट बुधबार बिहान घर फर्कनु भएको हो ।
घर फर्किनेक्रममा उहॉले उपचारमा संलग्न डा सन्तकुमार दास, डा निरज बम र डा सबिन थपलिया सहितको चिकित्सक टोली, नर्स र अस्पताल प्रशासनलाई बिशेष धन्यवाद दिनुभएको छ । चिकित्सकले उहाँलाई एक साता घरमै आराम गर्न सल्लाह दिएका छन् । चिकित्सकले केही दिन आराम गर्नू भनेपछि पूर्वप्रधानमन्त्री नेपालको सचिवालयले एक सातासम्म नेता तथा कार्यकर्ताको भेटघाट बन्द गरिएको जनाएको छ ।
नेता नेपालले उपचाररत अवस्थामा भेटेर तथा विभिन्न किसिमले स्वास्थ्यलाभको कामना गर्नुहुने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री, पार्टी अध्यक्ष, मन्त्री र सांसदसहित विभिन्न नेता तथा कार्यकर्ता, कर्मचारी, सुरक्षाकर्मी र शुभेच्छुकप्रति आभार प्रकट गर्नुभएको छ ।